२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान नुपुर बनर्जी भट्टाचार्यलाई



sf7df8f}F, !( j}zfv . /fi6«klt ljBfb]jL e08f/L;Fu gfltsfhL /fli6«o ;+uLt ;Ddfg tyf k’/:s[t JolQmTjx? . tl:a/ M /Tg >]i7, /f;; .
अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान, २०७७ गायन विधाकी नुपुर बनर्जी भट्टाचार्यलाई प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज नातिकाजी स्मृति समाजले आयोजना गरेको कार्यक्रममा उहाँले कलाकार, समाजसेवी र पत्रकारलाई पुरस्कार र सम्मान प्रदान गर्नुभएको हो ।

विभिन्न विधामा गरी नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान, २०७७ नारायणदास कार्की ढली, प्रदीप उपाध्याय, उमेश पाण्डे, एसपी कोइराला, कुन्ती मोक्तान, राजकुमार श्रेष्ठ, बि बि थापा, शहदेव ढुङ्गाना, प्रभु ढकाल, शिला पन्त, सीताराम पोखरेल, ज्ञानेन्द्र गदाल, हरिभक्त बुढाथोकी र शीतल कादम्बिनीले प्राप्त गर्नुभएको छ । नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार, २०७७ अरुण तिवारी, सन्तोष श्रेष्ठ, निशा देशार र शिव परियारलाई प्रदान गरिएको छ ।

नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, २०७७ डिपी दाहाल, अर्जुन पोखरेल, सिन्धु मल्ल र अजर जङ्गमले प्राप्त गर्नुभएको छ । नातिकाजी राष्ट्रिय सङ्गीत संयोजन तथा वाद्य पुरस्कार एलिस कार्की ढली पाउनुभएको छ । नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर र दिवाकर मैनालीले पाउनुभएको छ । नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, २०७७ अमृतहिरा तुलाधर योगी र नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार कृष्ण कँडेलले प्राप्त गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले नातिकाजीका सिर्जना सम्पदाका रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँका सिर्जनामा राष्ट्र, राष्ट्रियता र देशप्रेम ओतप्रोत रहेको उहाँको भनाइ छ । नेपाली मौलिकताको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको कर्तव्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्मृति समाजले कलाकारलाई सम्मान गरेर नवप्रतिभालाई प्रोत्साहित गरेको छ ।”

समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले नातिकाजी बाल्यकालदेखि जीवनको अन्तिम समयसम्म सङ्गीत सिर्जनामा लाग्नुभएको उल्लेख गर्नुभयो । पुरस्कृत व्यक्तित्व एसपी कोइरालाले पुरस्कारले थप जिम्मेवार बनाएको उल्लेख गर्नुभयो ।