• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित – निर्वाचन आयोग



काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ ।

सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालले सोमबार दिउँसोसम्ममा देशभरबाट विभिन्न पदमा ३५३ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको बताउनुभएको हो । त्यसैगरी १७० दलित महिला सदस्य पदमा उम्मेदवारी दर्ता नै नभएको पनि उहाँले जानकारी दिनुभयो ।

आयोगले नेकपा(एकीकृत समाजवादी), नेकपा(माओवादी केन्द्र) र राप्रपाले निर्वाचन आचारसंहिता उलंघन गरेकाले सम्बन्धित दललाई सचेत गराएको र आगामी दिनमा आचारसंहिता विपरितका काम नगर्न निर्देशन दिएको छ । त्यस्तै नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य शशांक कोइरालाको निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्तिप्रति जवाफ माग गरिएको र आगामी दिनमा यस्तो अभिव्यक्ति नदिन सचेत गराएको छ । सहायक प्रवक्ता अर्यालले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि निर्वाचन आचारसंहिता कार्यान्वयनप्रति सचेत गराइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन आयोगले चित्त बुझ्दो जवाफ माग गरेको र जवाफ प्राप्त भइसकेपछि सम्बन्धित दलहरुलाई सचेत गराएको छ । यि दलहरुले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन २०७३ को दफा २२ विपरित कार्य गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्यहरु नगर्न, नगराउन आयोगले निर्देशन दिदैँ सचेत गराएको छ ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार शशांक कोइरालाले निर्वाचन आयोग ऐन २०७३ को दफा २५ बमोजिम पेश गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ आयोगमा रहेको अभिलेखबाट देखिएकोमा माननीय शशांक कोइरालाले उक्त निर्वाचनमा आफुले ६ करोड रुपैयाँ खर्च गरेको भनि दिनुभएको अभिव्यक्ति विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट सम्प्रेषित भई आयोगलाई जानकारी हुन आएपछि उहाँसँग आयोगले चित्तबुझ्दो जवाफ माग गरेको थियो । माननीय शशांक कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मुल आधारमाथि नै अनास्था पैदा हुने देखिएकाले अब आइन्दा यस्ता अभिव्यक्ति नदिन सचेत गराउँदै उक्त जानकारी सम्बन्धित व्यक्तिलाई दिई सम्वद्ध राजनीतिक दललाई जानकारी दिने निर्णय आयोगले गरको छ । निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको, निर्वाचनमा खर्चको गलत विवरण बुझाएको भन्ने अभिव्यक्ति दिनुभएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि आचारसंहिता कार्यान्वयन प्रति सचेत गराएको छ ।’

आयोगले काठमाडौं महानगरपालिकामा नेकपा(एमाले)का तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितले बैशाख १५ गते धुम्बाराहीस्थित नेशनल मेडिकल कलेजमा आयोजना भएको छलफलमा आचारसंहिता विपरितको अभिव्यक्ति दिएकाले सो विषयमा आधार र कारणसहित २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन पनि दिएको छ । आयोगको निर्णय बारे सहायक प्रवक्ता अर्यालले भन्नुभयो – ‘नेकपा(एमाले) का तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार रहनुभएका केशव स्थापितले मिति २०७९ बैशाख १५ गते धुम्बाराहीस्थित नेशनल कलेजले आयोजना गरको छलफल कार्यक्रममा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ । निर्वाचन आचारसंहिता २०७८को दफा ४ को सबैले पालना गर्नुपर्ने आचरणको खण्ड च,ठ र ढ साथै आचारसंहिताको दफा १२ को जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा पालना गर्नुपर्ने आचरणको खण्ड द अनुकुल नभएकोले सो विषयमा आधार, कारणसहित २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आयोग निर्देश गर्दछ ।’

साथै सो कार्यक्रमका सन्दर्भमा के, कसो भएको हो विस्तृत लेखि पठाउन आयोगले नेशनल मेडिकल कलेजलाई पनि आग्रह गरेको छ भने स्थापित विरुद्ध विज्ञप्ती निकाल्ने महिला पुर्नस्थापना केन्द्र ओरेकलाई पनि सो विज्ञप्ति हटाएको प्रमाणसहित २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आयोगले निर्देशन दिएको छ । त्यस्तै आयोगले निर्वाचनका बेलामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भिर असर पर्ने भन्दै यस्तो अवस्था आउन नदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिसकिएको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।