१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त प्रहरी महानिरीक्षक सिंहको यस्ता छन् प्रतिवद्धता



अ+ अ-

काठमाडौ । नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवम् पारदर्शी बनाउने बताउनु भएको छ । गृह मन्त्रालयमा सोमबार गृहसचिव टेकनारायण पाण्डेले उहाँलाई प्रहरी महानिरीक्षको दर्ज्यानी चिन्ह प्राप्त गरेपछि संक्षिप्त संबोधन गर्ने महानिरिक्षक सिँहले कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शुन्य सहनशीलता कायम राख्ने कुरामा आफ्नो प्रतिवद्धता रहेको बताउनु भयो ।

उहाँले अपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने र आफ्ना सहकर्मीहरुलाई साथमा लिई संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो । महानिरीक्षक सिंहले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट सम्पन्न गर्ने पनि बताउनु भयो ।

नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाइ कर्मचारीहरुमा जवाफदेहीता बढाउने र अकर्मण्यता पूर्ण रुपमा निर्मुल गर्ने, भ्रष्टाचारको शुन्य सहनशीलता कायम राख्ने, अपराधिक तत्वसँगको साँठगाँठलाई निमिट्यान्न पार्ने केन्द्रमा राखि आफ्ना सहकर्मीहरुलाई साथमा लिई संगठन सुधारका कार्यहरु लागू गर्ने प्रतिवद्धता जनाउँछु । अहिलेको राष्ट्रिय प्राथमिकता भनेको स्थानीय तहको निर्वाचन हो । यस निर्वाचनलाई सुरक्षित, भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत साधनहरु प्रभावकारी रुपमा परिचालित हुनेछ भन्ने व्यहोरा निवेदन गर्न चाहन्छु ।’

नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले स्थानीय तहको निर्वाचनमा प्रत्येक नागरिकहरुले आफ्नो अधिकारको प्रयोग गर्न सक्ने निर्वाचन सुरक्षा योजनाअनुरुप प्रहरीको सम्पूर्ण श्रोत, साधनहरु प्रभावकारी रुपमा परिचालित हुने पनि स्पष्ट पार्नुभयो ।