५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा निर्वाचनको तयारी तीव्र



अ+ अ-

बागमती । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा तयारी तीव्ररुपमा चलिरहेको छ ।

उम्मेदवारले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । पार्टीको झण्डा, ब्यानर तथा चुनाव चिन्हसहित जुलुसका साथ उम्मेदवार टोलटोल तथा घरघरमा पुग्न थालेका छन् । उम्मेदवारले आफ्नो पार्टीको प्रतिबद्धता र घोषणपत्र लिएर जनतालाई रिझाउन थालेका छन् ।

मकवानपुरको १० स्थानीय तहको ग्रामीण तथा दुर्गम क्षेत्रमा निर्वाचनको चहलपहल ह्वात्तै बढेको छ । घरदैलो कार्यक्रम शान्तिपूर्णरुपमा भइरहेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार तीन लाख २५ हजार मतपत्र आइपुगेको छ । निर्वाचनका लागि आवश्यक सामग्री प्रदेश निर्वाचन कार्यालयबाट ल्याउन बाँकी छ ।

प्रदेश निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत लुम्वनाथ पोखरेलका अनुसार मतपत्र मतदानस्थलमा यही वैशाख २७ गतेसम्म वितरण गरिने छ । निर्वाचनमा खट्निे मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिमको आयोजना गर्ने तयारी भइरहेको छ । निर्वाचनमा जिल्लामा करिब एक हजार ८०० भन्दा बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता छन् । स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल ५३० पदका लागि निर्वाचन हुँदै छ । जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र कायम गरिएको छ । विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दुई लाख २६ हजार ७५९ मतदाता थिए ।