२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा निर्वाचनको तयारी तीव्र



अ+ अ-

बागमती । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरमा तयारी तीव्ररुपमा चलिरहेको छ ।

उम्मेदवारले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । पार्टीको झण्डा, ब्यानर तथा चुनाव चिन्हसहित जुलुसका साथ उम्मेदवार टोलटोल तथा घरघरमा पुग्न थालेका छन् । उम्मेदवारले आफ्नो पार्टीको प्रतिबद्धता र घोषणपत्र लिएर जनतालाई रिझाउन थालेका छन् ।

मकवानपुरको १० स्थानीय तहको ग्रामीण तथा दुर्गम क्षेत्रमा निर्वाचनको चहलपहल ह्वात्तै बढेको छ । घरदैलो कार्यक्रम शान्तिपूर्णरुपमा भइरहेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार तीन लाख २५ हजार मतपत्र आइपुगेको छ । निर्वाचनका लागि आवश्यक सामग्री प्रदेश निर्वाचन कार्यालयबाट ल्याउन बाँकी छ ।

प्रदेश निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत लुम्वनाथ पोखरेलका अनुसार मतपत्र मतदानस्थलमा यही वैशाख २७ गतेसम्म वितरण गरिने छ । निर्वाचनमा खट्निे मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिमको आयोजना गर्ने तयारी भइरहेको छ । निर्वाचनमा जिल्लामा करिब एक हजार ८०० भन्दा बढी कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लामा दुई लाख ९४ हजार ९१९ मतदाता छन् । स्थानीय तह प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल ५३० पदका लागि निर्वाचन हुँदै छ । जिल्लामा १६५ मतदानस्थल र ३५६ मतदान केन्द्र कायम गरिएको छ । विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा दुई लाख २६ हजार ७५९ मतदाता थिए ।