४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

कोरोना संक्रमण बढ्न थाल्यो, शतर्कता अपनाऔँ – स्वास्थ्य मन्त्रालय

कोरोना संक्रमण बढ्न थाल्यो, शतर्कता अपनाऔँ – स्वास्थ्य मन्त्रालय
अ+ अ-

काठमाडौं । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताउनु भयो । सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको पनि बताउनु भयो । सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘हामी विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण वा कुनै नयाँ किसिमको संक्रमण आउँदा थाहा पाउने, त्यसको विश्लेषण गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्ममा सधैँ जोडिरहेका हुन्छौँ । अन्तर्राष्ट्रिय स्वास्थ्य विधि नियमावली अनुसार फोकल पर्सनको हिसावले, फोकल इस्यूको हिसावले पनि हाम्रो सबै कुराहरुको जानकारी भइरहेको हुन्छ । अहिले पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढीरहेको छ । विश्वव्यापी रपमा संक्रमण घटेको भएपनि हामी बसको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । त्यसमाथि पनि विशेष त भारतमा बढीरहेको छ । हाम्रा लागि यो हाम्रोमा एकदमै चाँडै त्यही अवस्थामा आउँछ । हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौँ । पहिलो लहरमा भारतमा सक्रमणको उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको अवस्थाहामीले भोगेका छौँ । दोस्रोमा दुई हप्ता र तेस्रोमा त्यो भन्दा पनि कम समयमा भोगेका थियौँ । अहिले भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ ।

अझ विशेष त पछिल्लो समय हामी आम सर्वसाधारणको व्यवहार, बुझाइ हे¥यौं भने कोभिड १९ संक्रमण सकियो कि भन्ने जस्तो देखिँदै गएको छ । साथै जनसंख्याको मापदण्डहरुको उल्लंघन बढी नै भएको देखिन्छ । भेटघाट अलि बढी भएको, मास्कको प्रयोगमा अलि बढी ख्याल नगरेको,भौतिक दूरीमा ख्याल नगरिएको हो कि भन्नेजस्तो देखिरहँदा अर्कोतिर हाम्रै नजिकमा छिमेकमा संक्रमण एकदमै बढ्दै जाँदा हामी अझ बढी जोखिममा छौँ । हाम्रो निगरानी प्रणालीहरु हाम्रो जनस्वास्थ्यका मापदण्डहरु, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर यसलाई सुदृढ तरिकाले अगाडि लैजानुपर्छ भन्ने गरी नेपाल सरकारका सबै अवयवहरु लागेका छन् । त्यसका लागि स्वास्थ्य मन्त्रालयले प्राविधिक विश्लेषण गर्ने र सबैसँग वकालत गर्ने बुझाउने सबै भुमिकाहरु बढाउनका लागि कामहरु अघि बढाइसकेको छ, हामीले संक्रमणको पहिलाका सबै अवयवहरु हेर्ने हो भने आम सर्वसाधारणको भुमिका नै सबेभन्दा बढी महत्वपूर्ण हुन्छ । तपाई माहीले लगाउने मास्क, गर्ने व्यवहार, कायम गर्ने भौतिक दूरी र तपाई हामीसँग जोडिएका मान्छेहरु संक्रमण बढी भएको ठाउँबाट फर्केर आउँदा समस्या हुनसक्छ । अहिले विविध कारणले यो अवस्था देखिएको छ । चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ । यति गरेमा हामीले सम्भावित जोखिमलाई टार्न र केही समय पर धकेल्न सक्छौँ ।

।’

सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताउनु भयो । उहाँले यद्यपी यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने बताउनु भयो । सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनु पर्ने बताउनु भयो । उहाँले समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिने बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘अहिले फैलिरहेको संक्रमण ओमिक्रोनकै एउटा प्रजातिकै रुपमा अहिलेसम्मको प्रारम्भिक तथ्यहरुबाट त्यही आइरहेको छ । पछिल्लो तथ्यांकहरु प्रारम्भिक छन् त्यसैले धेरै कुराहरु आउन बाँकी नै छ । तर जति आएका छन् त्यस तथ्यले संक्रामक छ, त्यसलाई रोकथाम गर्नका लागि हामीले विगतमा गरेका उपायहरु प्रभावकारी छन् । कोभिड १९ बिरुद्धको खोप नै प्रभावकारी छ । यसको जोखिमका सन्दर्भमा हामीले समयमै सावधानी अपनाउन सके अस्पताल भर्ना, मृत्यु र अङ्गभङ्ग हुने कुरा जस्ता जोखिमलाई कम गर्न सकिन्छ ।’

सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरेको पनि जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहप्रवक्ता अधिकारीले निर्वाचनमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्दा पनि सुरक्षित तरिकाले गर्न र मतदाताहरुलाई पनि सावधानी अपनाउन आग्रह गर्नुभयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘अहिले हामी निर्वाचनको पूर्व सन्ध्यामा छौँ । अहिले संक्रमण दर कम भइरहेको अवस्थामा आर्थिक, सामाजिक, राजनीतिक र प्रशासनिक गतिविधिहरुलाई बीचमा व्यवस्थापन गर्न सक्दा सहज हुन्छ भन्ने हिसावले निर्वाचन आयोगसँग पनि स्वास्थ्य मन्त्रालयको समन्वय भइरहेको छ । निर्वाचनका आवश्यक तयारीका सन्दर्भमा जनस्वास्थ्यका मापदण्डका कुराहरु र हरेक निर्वाचन केन्द्रहरुमा स्वास्थ्यका नियम अनिवार्य परिचालन गर्ने गरी आवश्यक व्यवस्थापन गरिसकेको छ । यो सरकारले गर्ने तयारी भयो । यो बाहेक जनप्रतिनिधि हुनका लागि उम्मेदवारी दिएकाहरु सबैले आफ्नो ठाउँबाट सकेसम्म जनस्वास्थ्यका मापदण्ड उल्लंघन नगर्ने उपायहरु गर्ने, संक्रमण फैलिन नदिने उपायहरु गर्नुपर्छ । म त्यसका लागि सबै उम्मेदवारलाई अपील गर्न चाहन्छु । हामी मतदाताहरुले पनि आफ्ना आफन्त विदेशबाट आउँदै हुनुहुन्छ भने स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुहुन आग्रह गर्दछु । मास्कको प्रयोग गर्न हेलचेक्राँइ गर्नुहुँदैन । कोभिड १९ बिरुद्धको खोप लगाउन बाँकी भए लगाउनु पर्छ । संक्रमण फैलिएको देशबाट आउँदै भए ७ दिनसम्म क्वारेन्टाइन अनिवार्य बसेर संक्रमण फैलिनबाट जोगाउनु हुन म सबैलाई हार्दिक अपलि गर्न चाहन्छु ।’

सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुलाई ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन आग्रह गर्नुभयो । उहाँले कोरोनाको विभिन्न चरणका खोप लगाउन बाँकी रहेकाहरुले समयमै कोरोनाबिरुद्धको खोप लगाउन पनि अपिल गर्नुभयो ।