• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस् ★   प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने ★   इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय: राष्ट्रपति ★   विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी ★   १६७ रुपैयाँमै घर !

कोरोना संक्रमण बढ्न थाल्यो, शतर्कता अपनाऔँ – स्वास्थ्य मन्त्रालय



काठमाडौं । सरकारले कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ ।

पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रुपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रमण दर बढीरहेकोले नेपालमा पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले अस्पताल तथा चिकित्सकहरुलाई कोरोना संक्रमणको दर बढीरहेकोले संक्रमण दर घटाउने तयारी थाल्न निर्देशन दिइसकेको बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले पछिल्लो समय कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न छोडेको भन्दै स्वास्थ्यका मापदण्ड पुनः पालना गर्न आवश्यक रहेको बताउनु भयो । सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कोरोना संक्रमणलाई घटाउन जनस्वास्थ्यका मापदण्डहरु पालना गराउन, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर सरकारले काम शुरु गरिसकेको पनि बताउनु भयो । सहप्रवक्ता अधिकारीले कोरोना नियन्त्रणका लागि प्रमुख जिम्मेवारी आम सर्वसाधारणको हुने भएकोले सबैले स्वास्थ्यका प्रोटोकल पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘हामी विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण वा कुनै नयाँ किसिमको संक्रमण आउँदा थाहा पाउने, त्यसको विश्लेषण गर्ने अन्तर्राष्ट्रिय प्लेटफर्ममा सधैँ जोडिरहेका हुन्छौँ । अन्तर्राष्ट्रिय स्वास्थ्य विधि नियमावली अनुसार फोकल पर्सनको हिसावले, फोकल इस्यूको हिसावले पनि हाम्रो सबै कुराहरुको जानकारी भइरहेको हुन्छ । अहिले पछिल्लो समय छिमेकी मुलुकमा संक्रमण दर बढीरहेको छ । विश्वव्यापी रपमा संक्रमण घटेको भएपनि हामी बसको क्षेत्रमा संक्रमण धेरै बढ्दै गइरहेको छ । त्यसमाथि पनि विशेष त भारतमा बढीरहेको छ । हाम्रा लागि यो हाम्रोमा एकदमै चाँडै त्यही अवस्थामा आउँछ । हामीले पहिलो लहरमा पनि त्यो भोगेका र देखेका छौँ । पहिलो लहरमा भारतमा सक्रमणको उच्च बिन्दुमा पुगेको एक महिनाभित्र नेपालमा पनि संक्रमण बढेको अवस्थाहामीले भोगेका छौँ । दोस्रोमा दुई हप्ता र तेस्रोमा त्यो भन्दा पनि कम समयमा भोगेका थियौँ । अहिले भारतमा संक्रमण बढ्दैछ भनेपछि हामीकहाँ संवेदनशीलता बढाउनुपर्ने हुन्छ ।

अझ विशेष त पछिल्लो समय हामी आम सर्वसाधारणको व्यवहार, बुझाइ हे¥यौं भने कोभिड १९ संक्रमण सकियो कि भन्ने जस्तो देखिँदै गएको छ । साथै जनसंख्याको मापदण्डहरुको उल्लंघन बढी नै भएको देखिन्छ । भेटघाट अलि बढी भएको, मास्कको प्रयोगमा अलि बढी ख्याल नगरेको,भौतिक दूरीमा ख्याल नगरिएको हो कि भन्नेजस्तो देखिरहँदा अर्कोतिर हाम्रै नजिकमा छिमेकमा संक्रमण एकदमै बढ्दै जाँदा हामी अझ बढी जोखिममा छौँ । हाम्रो निगरानी प्रणालीहरु हाम्रो जनस्वास्थ्यका मापदण्डहरु, खोप लगाउन बाँकी रहेका विषयहरुलाई केन्द्रमा राखेर यसलाई सुदृढ तरिकाले अगाडि लैजानुपर्छ भन्ने गरी नेपाल सरकारका सबै अवयवहरु लागेका छन् । त्यसका लागि स्वास्थ्य मन्त्रालयले प्राविधिक विश्लेषण गर्ने र सबैसँग वकालत गर्ने बुझाउने सबै भुमिकाहरु बढाउनका लागि कामहरु अघि बढाइसकेको छ, हामीले संक्रमणको पहिलाका सबै अवयवहरु हेर्ने हो भने आम सर्वसाधारणको भुमिका नै सबेभन्दा बढी महत्वपूर्ण हुन्छ । तपाई माहीले लगाउने मास्क, गर्ने व्यवहार, कायम गर्ने भौतिक दूरी र तपाई हामीसँग जोडिएका मान्छेहरु संक्रमण बढी भएको ठाउँबाट फर्केर आउँदा समस्या हुनसक्छ । अहिले विविध कारणले यो अवस्था देखिएको छ । चुनाव लगायतका कारणले विदेशमा भएका आफन्तहरु फर्किंदै हुनुहुन्छ । यस्तो बेलामा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न लगाउने र क्वारेन्टिनमा बस्न लगाउने कुरामा बढी ख्याल गर्नुपर्छ । यति गरेमा हामीले सम्भावित जोखिमलाई टार्न र केही समय पर धकेल्न सक्छौँ ।

।’

सहप्रवक्ता अधिकारीले अहिले भारतमा फैलिएको कोरोना ओमिक्रोनकै एउटा प्रजाती रहको प्रारम्भिक तथ्य फेला परेको बताउनु भयो । उहाँले यद्यपी यसबारेमा अध्ययन अनुसन्धान भइरहेकोले थप विवरण आउन समय लाग्ने बताउनु भयो । सहप्रवक्ता अधिकारीले कोरोनाको रोकथामका लागि विगतमा अपनाएका स्वास्थ्यका प्रोटोकलहरुको पालना गर्नुपर्ने र कोभिडबिरुद्धको खोप लगाउनु पर्ने बताउनु भयो । उहाँले समयमै सावधानी अपनाएमा कोरोनाबाट हुने जोखिमलाई न्युनिकरण गर्न सकिने बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘अहिले फैलिरहेको संक्रमण ओमिक्रोनकै एउटा प्रजातिकै रुपमा अहिलेसम्मको प्रारम्भिक तथ्यहरुबाट त्यही आइरहेको छ । पछिल्लो तथ्यांकहरु प्रारम्भिक छन् त्यसैले धेरै कुराहरु आउन बाँकी नै छ । तर जति आएका छन् त्यस तथ्यले संक्रामक छ, त्यसलाई रोकथाम गर्नका लागि हामीले विगतमा गरेका उपायहरु प्रभावकारी छन् । कोभिड १९ बिरुद्धको खोप नै प्रभावकारी छ । यसको जोखिमका सन्दर्भमा हामीले समयमै सावधानी अपनाउन सके अस्पताल भर्ना, मृत्यु र अङ्गभङ्ग हुने कुरा जस्ता जोखिमलाई कम गर्न सकिन्छ ।’

सहप्रवक्ता अधिकारीले देश अहिले स्थानीय निर्वाचनमा होमिएकोले यसबाट कोरोनाको जोखिम बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य मन्त्रालयले निर्वाचनबाट हुनसक्ने कोरोनाको जोखिमलाई कम गर्न निर्वाचन आयोगसँग छलफल गरेर स्वास्थ्यका सावधानीहरु अपनाउन आग्रह गरेको पनि जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहप्रवक्ता अधिकारीले निर्वाचनमा स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, उम्मेदवारहरुलाई घरदैलो कार्यक्रम गर्दा पनि सुरक्षित तरिकाले गर्न र मतदाताहरुलाई पनि सावधानी अपनाउन आग्रह गर्नुभयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘अहिले हामी निर्वाचनको पूर्व सन्ध्यामा छौँ । अहिले संक्रमण दर कम भइरहेको अवस्थामा आर्थिक, सामाजिक, राजनीतिक र प्रशासनिक गतिविधिहरुलाई बीचमा व्यवस्थापन गर्न सक्दा सहज हुन्छ भन्ने हिसावले निर्वाचन आयोगसँग पनि स्वास्थ्य मन्त्रालयको समन्वय भइरहेको छ । निर्वाचनका आवश्यक तयारीका सन्दर्भमा जनस्वास्थ्यका मापदण्डका कुराहरु र हरेक निर्वाचन केन्द्रहरुमा स्वास्थ्यका नियम अनिवार्य परिचालन गर्ने गरी आवश्यक व्यवस्थापन गरिसकेको छ । यो सरकारले गर्ने तयारी भयो । यो बाहेक जनप्रतिनिधि हुनका लागि उम्मेदवारी दिएकाहरु सबैले आफ्नो ठाउँबाट सकेसम्म जनस्वास्थ्यका मापदण्ड उल्लंघन नगर्ने उपायहरु गर्ने, संक्रमण फैलिन नदिने उपायहरु गर्नुपर्छ । म त्यसका लागि सबै उम्मेदवारलाई अपील गर्न चाहन्छु । हामी मतदाताहरुले पनि आफ्ना आफन्त विदेशबाट आउँदै हुनुहुन्छ भने स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुहुन आग्रह गर्दछु । मास्कको प्रयोग गर्न हेलचेक्राँइ गर्नुहुँदैन । कोभिड १९ बिरुद्धको खोप लगाउन बाँकी भए लगाउनु पर्छ । संक्रमण फैलिएको देशबाट आउँदै भए ७ दिनसम्म क्वारेन्टाइन अनिवार्य बसेर संक्रमण फैलिनबाट जोगाउनु हुन म सबैलाई हार्दिक अपलि गर्न चाहन्छु ।’

सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरुलाई ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैले मास्क अनिवार्य लगाउन आग्रह गर्नुभयो । उहाँले कोरोनाको विभिन्न चरणका खोप लगाउन बाँकी रहेकाहरुले समयमै कोरोनाबिरुद्धको खोप लगाउन पनि अपिल गर्नुभयो ।