• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एकीकृत समाजवादीको झण्डा बोक्दै प्रचारप्रसारमा व्यस्त बिना



धनगढी । नेकपा (माओवादी केन्द्र)का नेतृ बिना मगर आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) पार्टीलाई विजयी गराउने अभियानमा छिन् ।

पूर्व खानेपानी मन्त्रीसमेत रहेकी बिना सत्ता गठबन्धनको भागबण्डामा एकीकृत समाजवादीको क्षेत्र परेको स्थानमा खटिएकी हुन् ।

माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी समेत रहेकी उनी कञ्चनपुरको पुनर्वास नगरपालिकाको घरदैलो अभियानमा लागिपरेकी हुन् । नगरपालिकामा माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

सोही अनुसार बिनाले नगरप्रमुखका उम्मेदवार जीवन थापा र उपप्रमुखका उम्मेदवार धोके रानालाई सघाइरहेकी छिन् ।