१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला News Polar कालीगण्डकीमा जलसतह कम भएसंगै विद्युत् उत्पादन सुरु गर्ने तयारी News Polar घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्गमा यातायात सेवा प्रभावित News Polar वर्षा सहितको हिमपातले हुम्लाको जनजीवन प्रभावित News Polar एसियाली खेलकुदः आज टेनिस र एथलेटिक्सतर्फ नेपालको प्रतिस्पर्धा News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै

प्रधानमन्त्रीले विश्वासको मत पाउने सांसद दाहालको दाबी

प्रधानमन्त्रीले विश्वासको मत पाउने सांसद दाहालको दाबी
अ अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाउने सम्भावना रहेको दाबी गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउने दाबी गर्नुभएको हो । उहाँले प्रधानमन्त्रीले विश्वासको मत पाएर वर्तमान सरकारकै निरन्तरता रहने सम्भावना रहेको उहाँले बताउनु भयो । उहाँले विश्वासको मत नपाएमा माओवादी केन्द्रले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो –‘मलाई विश्वास छ २८ गतेसम्म थोरै परिस्थिति फेरबदल आउँछ । र प्रधानमन्त्रीकै निरन्तरतामा अगाडी बढ्न सकिन्छ भन्ने सम्भावना पनि देखिरहेका छौँ । भलै त्यो हुन सकेन भनेपनि नेकपा(माओवादी केन्द्र) को तर्फबाट हामीले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्छौं । मुख्यतः संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने र नेपाली जनताका समृद्धिका आकांक्षाको प्रतिनिधित्व गर्ने उद्देश्यमा चाहे सत्तापक्ष होस् चाहे प्रतिपक्ष होस् । जुनसुकै भुमिकामा रहेर पनि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर माओवादी केन्द्र निरन्तर अगाडी बढ्छ । जनताप्रति समर्पित भएर, जनताप्रति जवाफदेही र उत्तरदायी भएर आफ्नो संसदीय भुमिका निर्वाह गर्ने प्रक्रियामा माओवादी पार्टीले कुनै कमजोरी राख्दैन ।’

उहाँले माओवादी केन्द्रले जनताप्रति जवाफदेही र उत्तरदायी भएर आफ्नो संसदीय भुमिका निर्वाह गर्ने बताउनु भयो ।