१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दबाबबाट प्रधानमन्त्रीको राजीनामा आउँदैनः अर्थमन्त्री पुन



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले संसदबाट विश्वास मत लिएर मात्रै छाड्ने बताउनु भएको छ ।

आईतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले एमाले काँग्रेस सत्ता समिकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने गरी भएको दाबी गर्नुभयो । उहाँले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको बताउनु भयो । उहाँले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताउनु भयो ।

उहाँले माओवादीले कार्यकारी राष्ट्रपति र पुनः समानुपातिक निर्वाचनमा जादाँ समर्थन गर्ने भन्दै किन एक्लै हिँड्न खोज्नुभयो ? भन्ने प्रश्नको जवाफ चाहेको बताउनु भयो । उहाँले एमाले काँग्रेस गणतन्त्र ,संघीयता,समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाजेको भन्दै माओवादीलाई स्वीकार्य नहुने बताउनु भयो । उहाँले सुशासनको पक्षमा काम गरेको र ठूला फाइलहरु खाल्न शुरु गर्दा एमाले काँग्रेस आत्तिएर गठबन्धन गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो,‘ एमाले,काँग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्नु स्वभाविक हो । सरकारको धारणा उपधारा २ बमोजिमको सरकारले कुनै दलले समर्थन फिर्ता लियो भने ३० दिनभित्र बहुमत जुटाउन पाउँछ । दुई पार्टी मिल्दा दबाब छ । तर माओवादीले दुई दल किन मिल्नुभयो भनेर संसदमा प्रश्न गर्न खाजेको हो । संविधान संशोधन भनेको पश्चगमनतिर जानु हो । अग्रमनतिर जाने हो भने माओवादी पनि संविधान संशोधनको पक्ष हो । कार्यकारी राष्ट्रपति,पुनः समानुपातिक निर्वाचनमा जाऔं भनेकै हो । हामी पनि समर्थन गर्छौं । किन एक्लै हिँड्न खोज्नुभयो हामी प्रश्न गर्न चाहन्छौं ।

गणतन्त्र ,संघीयता,समानुपातिक र समावेशीतामा आउनु भयो । आज त्यसबाट पछाडि हट्न खाजेको हो भने स्वीकार्य हुँदैन । सुशासनको पक्षमा काम गर्न,ठूला फाइलहरु खाल्न शुरु गर्दा किन आत्तिनु भयो । काँग्रेस एमाले भ्रष्टाचारीहरुको पक्ष र सुशासनको विपक्षमा हो भन्ने प्रश्न गर्छौं । त्यसको उपयुक्त जवाफ दिनुभयो भने स्वीकार गर्छौं । सरकारले अनैतिक काम गर्दैन ।’

उहाँले सरकारले तत्काल कुनैपनि अनैतिक काम नगर्ने बताउनु भयो ।