२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रीजमा नराख्नुस् यी खानेकुरा



अ+ अ-

काठमाडौं । हामि विभिन्न खानालाई ताजा राख्नको लागी फ्रिजमा राख्ने गछौं । फ्रिजमा राखेको आजको खानालाई भोलीसम्म प्रयोग गर्दछौ । तर सबै खालको खाना फ्रिजमा राख्नु हुदैन् । गर्मी महिना लाग्दै छ । हामी कैयौँ खानेकुरा फ्रिजमा राख्ने गर्दछौ किनकी गर्मीले खानेकुराहरु नबिग्रीयोस् भनेर । तर तपाईलाई थाहा छ यस्ता चिजहरु छन् जो चिज फ्रिजमा राख्न हुँदैन ।

कुनै खानेकुरा यस्ता हुन्छन्, जुन फ्रिजमा राख्नाले चाँडै बिग्रिने वा सड्ने खालका हुन्छन् । यस्ता खानेकुरा जसलाई फ्रिज बाहिर राख्नु राम्रो हुन्छ ।

१. गोलभेडा – गोलभेडालाई फ्रिजमा राख्यो भने भित्रको मेम्ब्रेन फुट्छ, गोलभेडा गल्दैजान्छ र चाँडै बिग्रिन्छ ।

२. ब्रेड – फ्रिजमा ब्रेड राख्नाले चिसोका कारण डिहाइड्रोसनको मात्रा बढ्छ । ब्रेब सुख्खा हुन्छ र चाँडै खराब हुन्छ ।

३. अन्डा – धेरै दिनसम्म अन्डालाई फ्रिजमा कैद गर्नु हुन्न । यसो गर्नाले अन्डामा भएको न्युट्रिएट्स कम हुन्छ ।

४. केरा – केरामा हुने इथाइलीन निस्कन्छ र वरपर रहेको फलफूललाई पनि चाँडै पकाउँछ ।

५. सुन्तला वा कागती – यी फलमा पाइने साइट्रिक एसिडले फ्रिजको चिसोलाई सहन सक्दैन । फ्रिजमा राखिएका सुन्तला वा कागतीको बोक्राको दाग बस्ने तथा स्वाद पनि बद्लिने हुन्छ ।

६ .मह – फ्रिजमा राख्न नहुने मह पनि हो । फ्रिजमा राख्नाले मह गाडा हुने हुन्छ । लामो समयसम्म फ्रिजमा मह राखेमा क्रिस्टल बन्न थाल्छन्।

७. स्याउ – स्याउमा पाइने इंजाइम्स सक्रिय भई चाडै पाक्ने तथा बिग्रने हुन्छ । यदि राख्नै पर्ने भयो भने पनि कागजले बेरेर मात्रै फ्रिजमा राख्नुपर्छ ।

८. कफी पाउडर – कफी पाउडरलाई फ्रिजमा राखेमा बास्ना हराउँछ ।

९. हरियो सागरसब्जी –हरियो सागसब्जीलाई फ्रिजमा राखेमा चाँडै पात सुक्ने हुन्छ । र यो एकदमै बेस्वादको बन्न पुग्छ ।

१०. प्याज – प्याजलाई फ्रिज बाहिर राख्नु नै उपयुक्त मानिन्छ । फ्रिजमा चाँडै बिग्रने हुन्छ