• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको युरोप भ्रमण



नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जानुहुने भएको छ ।उहाँ सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उहाँ तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबर त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

सो कुराको जानकारी भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिनुभएको बताइएको छ । विदेश सचिव क्वात्राले प्रधानमन्त्री मोदीेले यस पटक गर्न लाग्नुभएको यो युरोप भ्रमणका क्रममा उहाँले युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिका विषयमा भारतको धारणा राख्नुहुनेछ ।

उहाँ सोमबार नै जर्मनी पुग्नुहुने छ । जर्मनीपछि उहाँले डेनमार्क र फ्रान्सको भ्रमण गर्नुहुने छ ।