५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेपछि पर्वतमा आचारसंहिता पालनामा कडाइ



अ+ अ-

पर्वत । पर्वतमा निर्वाचन आचार संहिता पालनामा कडाइ गरिने भएको छ । आचारसंहिता उल्लङ्घनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो ।

आचारसंहिता अनुगमन समिति पर्वतको यहाँ बसेको बैठकले आचार संहिता उल्लंघनका मौखिक उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ । दल तथा स्वतन्त्र उमेदवारले भड्किलो प्रचार शैली अपनाउन थालेपछि यसलाई रोक्न सोमबार देखिनै कडाइ गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताउनुभयो । “उलङ्घनका घटना बढेको भनेर मौखिक उजुरी धेरै आएका छन ”, उहाँले भन्नुभयो “उल्लङ्घन हुन नदिन कारवाही गर्ने निर्णय गरेका छौ ।”

पर्वतमा निर्वाचन प्रचारका क्रममा सवारी साधनमा चर्को स्वरमा प्रचारसामाग्री बजाउने, ठुला ठुला बोर्डहरु राख्ने तथा सवारी साधनमासमेत ठूला झण्डा, ब्यानर राखेर प्रचार गर्ने काम भइरहेको छ । सदरमुकाम कुस्माबजारमा उमेदवारले धेरै सवारी साधनमा प्रचारसमाग्री बजाउँदा ध्वनी प्रदुषण र जनजीवनसमेत प्रभावित भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयले आचारसंहित उल्लङ्घनका काम नर्गन भन्दै आइतवार बजार क्षेत्रमा माइकिङ गरेको छ । शुरुमा उल्लङ्घनका घटना नगर्न आग्रह गरिएको र अब त्यसो गरेको पाइएमा प्रहरीले कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी शिबराज बुढाथोकीले बताउनुभयो । आचारसंहिता विपरित प्रयोग भएका सामाग्री प्रहरीले नियन्त्रणमा लिने उहाँले जानकारी दिनुभयो । रासस




भर्खरै