५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्टहामविरुद्ध आर्सनलको जित, शीर्ष चारमा यथावत



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले वेस्टहाम युनाइटेडलाई उसकै मैदानमा २–१ गोलले पराजित गरेको हो ।

खेलको ३८ औं मिनेटमा रव होल्डिङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा जारोर्ड बोएनले गोल गर्दै वेस्टहामलाई बराबरीमा ल्याए ।

५४ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को स्थितीमा लगे । त्यसपछि खेलमा दुबै टिमले गोल गर्ने प्रयास गरेपनि गोल सम्भव भएन । अन्ततः आर्सनलले चौंथो स्थानमा रक्षा गर्यो । उसको ३४ खेलबाट ६३ अंक छ । वेस्टहाम ३५ खेलबाट ५२ अंकसहित सातौं स्थानमा रहेको छ ।