१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

प्रचण्ड र माधवको ‘फेससेभ’का लागि १२ बुँदे व्याख्या, त्यसको कुनै अर्थ छैनः वरिष्ठ नेता पौडेल (भिडियोसहित)

प्रचण्ड र माधवको ‘फेससेभ’का लागि १२ बुँदे व्याख्या, त्यसको कुनै अर्थ छैनः वरिष्ठ नेता पौडेल (भिडियोसहित)
अ अ+ अ-

काठमाडौंः नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहायता कार्यक्रम एमसीसीका बारेमा जारी गरिएको १२ बुँदे व्याख्यात्मक टिप्पणी पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको फेससेभ गर्न मात्र जारी गरिएको बताउनुभएको छ । 

नेता पौडेलले १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नभएको भन्दै एमसीसी सम्झौतामा नै भएको यताको कुरालाई उता पारेर यसो मिलाएको टिप्पणी गर्नुु भएको छ । 

प्राइम टाइम टेलिभिजनलाई दिनु भएको अन्तर्वार्तामा पौडेलले भन्नुभयो, पहिला जनताको संवेदनशील भावनामा खेल्नु भयो, पछि फेससेभ गर्नुपर्ने बाध्यता भयो । त्यसका लागि मात्र व्याख्या गरिएको हो, त्यसको कुनै अर्थ छैन ।  

नेता पौडलले नेपाली नेताहरु भारतको विरोध गरेर राष्ट्रवादी र अमेरिकाको विरोध गरेर क्रान्तिकारी देखिन खोज्ने कारण नै पटक पटक समस्या हुने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, यता राष्ट्रवादी देखिन खोज्नेहरु टेबलमा वार्ताका लागि बस्दा आँखा जुधाएर कुरा गर्न सक्दैनन् ।

 नेता पौडेलले  प्रचण्ड र माधवलाई एमसीसी पारित  नगर्दा आउन सक्ने परिणामका बारेमा जानकारी गराएपछि कुनै उपाए खोजेर पारित गर्ने पक्षमा उभिएको बताउनु भयो । उहाँले भन्नुभयो, सम्झौतमा आपत्तिजनक कुरा केही छैन,  जनतालाई भडकाउने काम मात्र भयो ।  

उहाँले रिजनेवल कम्युनिष्ट एमाले पनि सकारात्मक रहेको जानकारी गराउँदै थप व्याख्याको आवश्यकता नै नरहेको दोहोर्याउनुु भयो । 

बिपक्षीमा उभिनुभएका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी पारित गर्दा रसियाले युक्रेनमा गरे जस्तो चीनले नेपालमा गरे के होला भन्दै शंका गर्दा आफुले त्यस्तो अनावश्यक शंका नगर्न सु्झाब दिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, चीन त्यति विशाल देशले नेपालका बारेमा त्यस्तो सोच्न पनि सक्दैन । चीनलाई यहीका नेताले अनावश्यक रुपमा मुछेका छन् । 

नेता पौडेलले भन्नुभयो, चिनियाँहरुसँग कुरा हुँदा नेपालको विकासका लागि कहाँ कहाँ सहयोग लिने त्यो नेपालको कुरा हो भनेका छन् ।