५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए स्वास्थ्य समितिका संयोजकमा डा. सापकोटा मनोनीत



अ+ अ-

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएन), स्वास्थ्य समितिका संयोजकमा डा. सञ्जीव सापकोटा मनोनीत हुनुभएको छ । एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेको हो ।

ग्लोबल नेपाली हेल्थ एक्स्पर्ट डा सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलन तथा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यमा संलग्न भइसक्नुभएको छ ।

उहाँसँग विश्व स्वास्थ्य सङ्गठनलगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ तथ्याङ्क विश्लेषक, सञ्चार विशेषज्ञलगायत विभिन्न पदमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा करिब २० वर्ष काम गरेको अनुभव रहेको एनआरएन सञ्चारकर्मी चिरन शर्माले जानकारी दिनुभयो ।




भर्खरै