काठमाडौँ । काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)का दुई जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका वडा–१८ की दलित महिला सदस्य अम्बिका सुनार र वडा–२२ की पनि दलित महिला सदस्य गीता परियार निर्विरोध निर्वाचित भएका हुन् ।