२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीको महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल नियुक्त



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा धिरतप्रताप सिंह र सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ। आज दिउँसो बसेको मन्त्रपिरिषद्को बैठकले सिंंह र अर्याललाई बढुवा गर्ने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अवकाशमा गएपछि उक्त पदको नियुक्तिमा निर्णय गर्न आइतबार मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

क्षत्री र केसीसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारीहरू एकै पटक अवकाशमा जान लागेका हुन् । तीस वर्षे सेवाअवधिका कारण उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।

सरकारले अर्याललाई केही दिनअघि मात्रै अतिरिक्त महानिरीक्षक पदमा एकल गरेको थियो । उनलाई सशस्त्र प्रहरीको नेतृत्वमा ल्याउन बढुवा गरिएको हो ।

सेवा प्रवेशका हिसाबले ढिलो तर पदोन्नति फटाफट भएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक प्रहरी महानिरीक्षकका लागि प्रतिस्पर्धामा रहेका छन् ।

सेवा प्रवेशका हिसाबले पोखरेल कनिष्ठ भए पनि छिटोछिटो बढुवा हुँदा उनी प्रहरी अतिरिक्त महानिरीक्षकमा वरियतामा सबैभन्दा माथि थिए । सरकारले चारै जनालाई प्रतिस्पर्धीका रूपमा राखेको थियो ।

पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई २०७७ मङ्सिर २५ मा अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । थापा गत असार २४ मा तथा सिंह र धानुक गत चैत ७ मा अतिरिक्त महानिरक्षकमा बढुवा भएका हुन् ।