२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीको महानिरीक्षकमा पोखरेल र सशस्त्र प्रहरीमा अर्याललाई नियुक्त गर्न गृहको प्रस्ताव



अ+ अ-

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा विश्वराज पोखरेल र सशस्त्र प्रहरीको महानिरीक्षकमा राजु अर्याललाई नियुक्त गर्न गृहमन्त्रालयले प्रस्ताब गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी अवकाशमा गएपछि उक्त पदको नियुक्तिमा निर्णय गर्न आइतबार मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो

क्षत्री र केसीसहित २०४९ वैशाख १८ मा सेवा प्रवेश गरेका सबै उच्च अधिकारीहरू एकै पटक अवकाशमा जान लागेका हुन् । तीस वर्षे सेवाअवधिका कारण उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन् ।

सरकारले अर्याललाई केही दिनअघि मात्रै अतिरिक्त महानिरीक्षक पदमा एकल गरेको थियो । उनलाई सशस्त्र प्रहरीको नेतृत्वमा ल्याउन बढुवा गरिएको हो ।

सेवा प्रवेशका हिसाबले ढिलो तर पदोन्नति फटाफट भएका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक प्रहरी महानिरीक्षकका लागि प्रतिस्पर्धामा रहेका छन् ।

सेवा प्रवेशका हिसाबले पोखरेल कनिष्ठ भए पनि छिटोछिटो बढुवा हुँदा उनी प्रहरी अतिरिक्त महानिरीक्षकमा वरियतामा सबैभन्दा माथि थिए । सरकारले चारै जनालाई प्रतिस्पर्धीका रूपमा राखेको थियो ।

पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई २०७७ मङ्सिर २५ मा अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । थापा गत असार २४ मा तथा सिंह र धानुक गत चैत ७ मा अतिरिक्त महानिरक्षकमा बढुवा भएका हुन् ।