• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सत्ता गठबन्धनको निर्देशन– गठबन्धन नभएका स्थानमा मिलेर चुनाव लड



फाईल फोटो

काठमाडौँ । स्थानीय तह निर्वाचनमा समझदारी गर्ने सहमति गरेसँगै सत्ता गठबन्धनको बैठकले सो अनुरुप काम गर्न आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आइतबार बसेको बैठकले ‘पाँच दलीय गठबन्धनमा समझदारी भएको तर समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरुमा समझदारी अनरुप कार्य गर्न गराउन आ–आफ्ना दलले आ–आफ्ना मातहतका निकायहरुलाई निर्देशन दिने’ निर्णय गरेको हो ।

गठबन्धनको मर्म र भावनाबमोजिम आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने निर्णय पनि बैठकले गरेको छ । संयन्त्रको बैठकले उक्त निर्णय पालना नगर्नेलाई आ–आफ्ना दलले कारबाही गर्ने निर्णयसमेत गरेको छ ।