९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनय मोहन क्वात्राले गरे आजदेखि भारतीय विदेश सचिवको पदभार ग्रहण



अ+ अ-

नेपालका लागि भारतीय राजदूत भइसकेका विनय मोहन क्वात्राले आज बिहान भारतको विदेश सचिवको पदभार ग्रहण गरेका छन् । उनले भारतीय पूर्वसचिव हर्षवर्धन श्रृङ्गलाको स्थानमा पदभार ग्रहण गरेका हुन्।

नेपालका लागि राजदूतमा रहँदा क्वात्रालाई भारतको विदेश सचिवमा बढुवा गरिएको थियो ।

करिब तीन वर्ष नेपालका लागि भारतीय राजदूत बनेका क्वात्राले कोभिडसँग लड्न नेपाललाई धेरै सहयोग गरेका थिए । नेपालमा कोभिड भ्याक्सिन उपलब्ध गराउनमा उनको महत्वपूर्ण भूमिका थियो।

नेपालमा राजदूत रहँदा भारतीय विदेश सचिव बन्ने क्वात्रा दोस्रो व्यक्ति हुन् । यसअघि नेपालका लागि भारतीय राजदूत श्याम शरण पनि राजदूत रहेकै अवस्थामा विदेश सचिवमा पदोन्नति भएका थिए ।