१६ आश्विन २०८१, बुधबार
,
Latest
बालाजुको बजार विपद् अपडेट : दुई सय ४२ को मृत्यु, २२ बेपत्ता बिपी राजमार्ग ठप्प भएपछि पृथ्वी राजमार्गमा चाप बाढी पहिरो पीडितलाई चिनियाँ रेडक्रस सोसाइटीबाट १ लाख अमेरिकी डलर सहयोग एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ: परराष्ट्रमन्त्री विपद पूर्व, विपदको समय र विपद् पश्चात गर्नुपर्ने कार्यहरु डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनलक्ष्मीले आकाशमै जन्माइन छोरा



फाईल फोटो
अ+ अ-

कर्णाली । सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुका गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माउनुभएको छ । मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उहाँले छोरा जन्माउनु भएको चालक प्रमुख सेनानी रचन श्रष्ठलाई उद्रित गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो । “सुत्केरी रावललाई १८ घण्टा लामोसमयसम्म व्यथा लागेर छट्पटिएको अवस्थामा हेलिकप्टरबाट उद्धार गरिएको हो,”  उहाँले भन्नुभयो, “थप उपचारका कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएका आमा छोरा दुवैको स्वास्थ्य अहिले सामान्य रहेको छ ।”