• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

न्युक्यासललाई हराउँदै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा



एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडलाई उसकै मैदानमा १–० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन एक मात्र निर्णायक गोल खेलको १९ औं मिनेटमा नाबी केटियाले गरे ।

जितसँगै लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसको ३४ खेलबाट ८२ अंक छ । यद्यपि म्यान्चेस्टर सिटीले आज राति नै हुने खेलमा लिड्स युनाइटेडलाई पराजित गरेमा सिटी पुनः शीर्ष स्थानमा उक्लनेछ ।

सिटीको ३३ खेलबाट ८० अंक छ । यस्तै, न्युक्यासल ३५ खेलबाट ४३ अंकसहित नवौं स्थानमा रहेको छ ।