१९ भाद्र २०८३, शुक्रबार
,
Latest
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट ब्यारेज बनेको ३१ वर्षसम्म पनि किसानले सिँचाइ सुविधा पाएनन् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली एण्ड कम्पनीले संविधानको उल्लंघन गरेको छ: माधव नेपाल (पूर्णपाठ सहित)



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संविधान, ऐनको उल्लंघन गर्ने काम केपी ओली एण्ड कम्पनीबाट हुँदै आएको आरोप लगाउनु भएको छ ।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा आफनो पार्टीको बैधानिकताको बिषयलाई लिएर एमाले अध्यक्ष ओलीले संसद अबरोध गरेको प्रति कडा आपत्ति जनाउदै उहाँले यस्ता आरोप लगाउनु भएको हो ।

पत्रकार सम्मेलनमा नेता नेपालले भन्नुभयो हाम्रो आफ्नो पार्टी देखेर ओली विचलित भएका छन् । उहाँको भनाई थियो   ‘उनी विचलित हुनुको कारण हाम्रो पार्टी र हाम्रो पार्टीको अस्तित्व देखेर हो । हाम्रो पार्टी वैधानिकरुपमा स्थापित भएको हो, सर्वोच्च अदालतले ७६ को (६) मा कुनै ह्वीप लाग्दैन भन्ने  फैसला गरेको छ । त्यसमा कुनै कारबाही गर्न मिल्दैन्थ्यो ।’  

नेता  नेपालले एमसीसीलाई लिएर एमाले मुकदर्शक भएर बसेको आरोप पनि लगाउनु भयो । पत्रकार सम्मेलनमा नेपालले भन्नुभयो , ‘अन्तमा न समर्थन, न विरोध । एउटा प्रहसन, तमासा जस्तो सुनियो । एमसीसी अगाडि बढाउन जसले सबै तमासा गर्‍यो, ऊ मुकदर्शक भएर बस्यो ।’

नेता नेपालले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो हामीहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने खतरा रहेको थियो ।