२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा ३१९ ले लिए उम्मेदवारी फिर्ता



अ+ अ-

जिल्लाका सात पालिकामा उम्मेदवारी दिएकामध्ये ३ सय १९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा २७ र उपप्रमुखमा १० जनाको उम्मेदवारी कायम भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगर प्रमुखमा ३ र उपप्रमुखमा ३ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको हो ।

कार्यालयका अनुसार कायम भएका उम्मेदवारमध्ये प्रमुखमा १५ जना राजनैतिक दलका र स्वतन्त्र उम्मेदवार १२ जना छन् । यस्तै उपप्रमुखमा ८ जना राजनैतिक दलबाट र २ स्वतन्त्र रहेको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १ हजार ९ सय ५१ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीका अनुसार जिल्लाका सात पालिकाको प्रमुखका लागि ६७, उपप्रमुखका लागि ४० जनाको उम्मेदवारी कायम भएको छ । वडा अध्यक्षमा ४ सय २५, खुल्ला सदस्यमा ७ सय ३९, महिला सदस्यमा ३ सय ६६ र दलित महिला सदस्यमा ३ सय १४ जनाको उम्मेदवारी कायम रहेको छ ।

रत्ननगर नगरपालिकाकाीको प्रमुखमा ९ र उपप्रमुखमा ८, खैरहनीको प्रमुखमा ७, उपप्रमुखमा ४, राप्तीको प्रमुखमा ८ र उपप्रमुखमा ५, कालिकाको प्रमुखमा ७ र उपप्रमुखमा ५ र माडीको प्रमुखमा ५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी कायम छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा अध्यक्षमा ४ र उपाध्यक्षमा २ जनाको उम्मेदवारी कायम छ ।

उम्मेदवारी फिर्ता लिने समय अवधिमा ३ सय १९ ले उम्मेदवारी फिर्ता लिएको कार्कीले जानकारी दिनुभयो । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरी ३ लाख ९७ हजार ६ सय ८५ मतदाता छन् । जसमध्ये २ लाख ४ हजार ६ सय ६६ महिला र १ लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज १० बजे पछि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।–