• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो

कारागारमा कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते



क्वीटो । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् । त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् । 

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ । (रासस, सिन्ह्वा)