१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै
अ अ+ अ-

काठमाडौँ । औद्योगिक नगरी वीरगञ्ज र आसपासका क्षेत्रमा सहज विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणले द्रुत गतिमा उच्च क्षमताका विद्युत् प्रसारण लाइन तथा सबस्टेसनको निर्माण सुरु गरेको छ ।

औद्योगिक करिडोरमा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई उच्च क्षमताको विद्युतीय संरचना आवश्यक परेको हो । वीरगञ्जसहित बारा(पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगलाई विद्युत् आपूर्ति गर्न चालु प्रसारण लाइन तथा सबस्टेसनको स्तरोन्नति भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उच्च क्षमताका केही प्रसारण लाइन तथा सबस्टेसन निर्माणाधीन छन् भने केही प्रस्तावित छन् ।

बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरणका पूर्वाधार क्रमिक रुपमा बनाउन लागेको हो ।

प्राधिकरणले बाराको पथलैया ९पिलुवा० सबस्टेसनदेखि परवानीपुरसम्मको करिब १८ किलोमिटर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको तार ९कन्डक्टर० बदलेर नयाँ राख्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । डबल सर्किटमध्ये एउटा सर्किटबाट विद्युत् आपूर्ति बन्द गरी पुरानो ‘कन्डक्टर’ निकाली उच्च क्षमता ९एचटिएलएस० राख्ने काम भइरहेको छ । एउटा सर्किटको काम सकिएपछि सञ्चालन गरी दोस्रो सर्किटको काम सुरु हुनेछ । प्रसारण लाइनको स्तरोन्नति आगामी असारको पहिलो हप्ताभित्र सक्ने गरी काम भइरहेको छ । पथलैया ९पिलुवा०(परवानीपुर प्रसारण लाइनबाट करिब दुई सय मेगावाट प्रवाह गर्न सकिनेमा ‘कन्डक्टर’ बदलेपछि क्षमता दोब्बर हुने जनाइएको छ ।

हेटौँडा–पथलैया ९पिलुवा० एक सय ३२ केभी प्रसारण लाइनको पनि ‘कन्डक्टर’ बदलेर क्षमता दोब्बर बनाइसकिएको छ । यसले परवानीपुरतर्फ थप विद्युत् प्रवाहका लागि सहज हुनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार स्थलगत अनुगमन गरी ‘कन्डक्टर’ बदल्ने कार्य छिटो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई आग्रह गर्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “प्रसारण लाइनको क्षमता स्तरोन्नतिको कामका लागि एउटा सर्किट बन्द गर्नुपर्दा वीरगञ्ज क्षेत्रमा विद्युत् आपूर्तिको समस्या भएको गुनासो आइरहेको छ, अर्कोतर्फ पथलैयाबाट थप विद्युत पठाउन नसक्दा भारतको रक्सौलबाट विद्युत् आयात गरिरहनु परेको छ, त्यसैले यस्तो संवेदशील अवस्थामा गम्भीर भएर तोकिएकै समय अघि काम सक्नुपर्छ ।”

घिसिङले अब पथलैया–परवानीपुर प्रसारण लाइनको क्षमता हालकोभन्दा दोब्बर हुने भएकाले त्यस क्षेत्रमा खपत गरी बाँकी विद्युत् रक्सौलतर्फ निर्यात गर्न सकिने जानकारी दिनुभयो । वीरगञ्ज क्षेत्रका उद्योगहरुले एक सय ३२ केभी प्रसारण लाइनबाटै विद्युत् आपूर्ति लिन सक्ने गरी उच्च क्षमताका प्रसारण लाइन तथा सबस्टेसनहरु निर्माणाधीन रहेको उहाँले उल्लेख गर्नुभयो ।

त्यस क्षेत्रका उद्योगलाई लक्षित गरी बाराको प्रसौनी र वीरगञ्जमा एक सय ३२ केभीका दुईवटा सबस्टेसन निर्माणाधीन छन् । विद्युत्को बढ्दो औद्योगिक माग पूर्ति गर्न परवानीपुरबाट पोखरियासम्म एक सय ३२ केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ । पोखरियामा सबस्टेसन निर्माणाधीन छ । परवानीपुरदेखि पोखरियासम्म करिब २१ किलोमिटर प्रसारण लाइनको डिजाइन तयार भइसकेको छ ।

हेटाँैंडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा चार सय केभी सबस्टेसन निर्माण गरी उक्त लाइनलाई रमौली हुँदै पोखरिया पुर्‍याउने गरी अर्को आयोजना सुरु गरिएको छ । प्रस्तावित उक्त चार सय केभी प्रसारण लाइन आयोजनाको लम्बाइ ६५ किलोमिटर हुने छ ।

निजगढ, रमौली र पोखरियामा चार सय केभीका तीनवटा सबस्टेसन निर्माण गरिने छन् । निजगढ–रमौली–पोखरिया प्रसारण लाइनको सर्वे सम्पन्न भइसकेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृतिको प्रक्रियामा छ ।

निजगढ सबस्टेसन भारतको निर्यात आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिने छ । निजगढ(रमौली ३८ किलोमिटर प्रसारण लाइन र रमौलीमा सबस्टेसन एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिनेछ । रमौली–पोखरिया २७ किलोमिटर प्रसारण लाइन र पोखरिया सबस्टेसनको लगानी स्रोत जुटिसकेको छैन । रासस