२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत

उत्कृष्ट फार्मको रुपमा विकसित हुँदै बन्जरा एग्रो

उत्कृष्ट फार्मको रुपमा विकसित हुँदै बन्जरा एग्रो
अ अ+ अ-

विराटनगर। निजी लगानीमा स्थापना गरिएको बन्जरा एग्रो फार्म केही समयपछि नै एक उत्कृष्ट फार्मको रुपमा विकसित हुँदै गएको छ ।

विराटनगर महानगरपालिका–१२ दरैयास्थित सो फार्ममा अहिलेसम्म रु ३० करोडभन्दा बढी लगानी भइसकेको सञ्चालक सञ्जय चापागाईँले बताउनुभयो । विराटनगर महानगरपालिका–१२ का चापागाईँ र हाल चीनमा बस्दै आउनुभएका उहाँका मामा गजेन्द्र शर्माले सो फार्म सञ्चालनमा ल्याएका हुन् । शर्मा चीनको पाँचतारे होटलमा महाप्रबन्धक पदमा कार्यरत हुनुहुन्छ । चीनमा कृषिबाट भएको आर्थिक रुपान्तरणको सिको गर्दै मामाभान्जा मिलेर यो एग्रो फार्म स्थापना गरेको हो ।

रु ११ करोड मूल्यमा पाँच बिघा जग्गा खरिद गरेर स्थापना गरिएको सो फार्ममा अहिले ११२ वटा भारतीय उन्नत जातका होलस्टेन जर्सीगाई छन् । रु दुुई लाख ५० हजार मूल्य पर्ने प्रतिगाईले दैनिक २० देखि ४५ लिटरसम्म दूध दिन्छ । फार्ममा अझै ८८ गाई थप्ने र पछि यो जातको गाई यहीबाट उत्पादन गरी बिक्री गर्ने योजना रहेको उहाँको भनाइ छ ।

यहाँबाट बिक्री वितरण सुरुआत भएमा मैले जतिको खर्च र हैरानी अरुले नब्यहोरोस् सञ्चालक चापागाईँको भनाइ छ । दैनिक एक हजार लिटर दूध बिक्री हुने सो फार्ममा दैनिक २०० लिटर दूधको दही र पनिर बन्ने गरेको फार्मका उहाँले जानकारी दिनुभयो । दही प्रतिकेजी रु १५० र पनिर प्रतिकेजी रु ७०० मा बिक्री हुन्छ भने दूध प्रतिलिटर रु ७० मा बिक्री हुन्छ ।

मासिक रु १५ लाख आम्दानी गर्न सफल भएको सो फार्मले ३० जनालाई प्रत्यक्षरूपमा रोजगारी पनि दिएको छ । गाईको व्यवस्थित गोठ, गोबर ग्यासका लागि हज निर्माण गर्नुका साथै साइलेज बनाएर पशु आहार संरक्षण केन्द्र पनि बनाएको छ । गाईका लागि अत्यन्त पोषक मानिने फार्ममा दुईवटा साइलेज संरक्षण केन्द्र छन् ।

निकै व्यवस्थित र अन्तर्राष्ट्रियस्तरको देखिने फार्ममा भारतका राजस्थान निवासी सुरेन्द्र शर्मा प्राविधिकको रूपमा कार्यरत छन् । उहाँको सल्लाह र सुझावबाट नै फार्म व्यवस्थित र अन्तराष्ट्रियस्तरको बन्न पुगेको सञ्चालक चापागार्इँले बताउनुभयो ।

फार्मको गतिविधि र लगनशीलतालाई प्रोत्साहन गर्न सङ्घीय सरकारले यस वर्ष लाइभस्टक इन्नोभेशन प्रोजेक्टबाट मिल्किङ पार्लरका लागि रु एक करोड अनुदान पनि पाएको छ । “सरकारले गरेको यस किसिमको सहयोगले मलाई आफ्नो व्यवसाय र पेशाप्रति अझ जिम्मेवारी बनाएको छ”, सञ्चालक शर्माले भन्नुभयो, “कुनै समयमा विराटनगर औद्योगिक नगरीबाट चिनिन्थ्यो अब यसलाई नमूना एग्रो फार्मबाट पनि चिनाउँछु ।”

बन्जरा एग्रो फार्ममा अहिले दुई विघा १० कठ्ठा जग्गामा तरकारी खेती लगाइएको छ । यहाँका युवा विदेशमा तरकारी खेतीमा काम गर्न हुने, यहाँ किन नहुने भनेर मैले तरकारी खेती सुरुआत गरेको उहाँको भनाइ छ । फार्ममा अहिले भेन्टा, करेला, बन्दाकोवी, टमाटर, काक्रा, भिण्डी, बोरी र लौकाजस्ता तरकारी लगाइएको छ । फार्ममा उत्पादन हुने तरकारी अग्र्यानिक रहेको बताइएको छ । कुनै पनि विषादी प्रयोग नगरी आफैँले तयार गरेको अग्र्यानिक मल र विषादी मात्र प्रयोग गर्ने गरेकाले आम उपभोक्ताका लागिे फार्म आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ ।

“अबको १५ दिनपछि हप्तामा २०० केजी तरकारी उत्पादन हुने सम्भावना छ”, सञ्चालक चापागार्इँ भन्नुभयो, “बजारका लागि कुनै समस्या नभए पनि भारतबाट आयातित हुने विषादीयुक्त तरकारीले हाम्रो उत्पादनलाई केही समस्या आउने गरेको छ ।“ उपभोक्ता सचेत भएमा हाम्रो उत्पादनले बजार पाउने आशा र विश्वास रहेको उहाँको भनाइ छ ।

सञ्चालक चापागाइ अनुसार दैनिक दर्जनौँ मानिस फार्म हेर्न आउने गरेका छन् । उहाँले फार्मका लागि आवश्यक पर्ने संरचना निर्माण गर्नुपर्दा मेगा बैंकको रु नौ करोड ऋण लिएको र आगामी दिनमा फार्मबाट भएकोे आम्दानीले सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं १ का कृषि सचिव मेघनाथ तिमल्सेनाले गरे के हुँदैन भन्ने उदाहरण बन्जरा एग्रो फार्मले दिएको बताउनुभयो । उहाँले प्रदेशमा १०–१२ वटा नमूना कृषि फार्मभित्र पर्ने यसबाट अरु पनि नागरिकले शिक्षा लिऊन् र स्वदेशी उत्पादन बढाउन मद्दत मिलोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।

मोहम्मद सदरुल / रासस