१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इपिएलः भैरहवाको पहिलो जित



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले पहिलो जित निकालेको छ ।

बुधबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो ।

विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५.३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भैरहवाको जितमा उपुल थरंगाले अविजित रहँदै सर्वाधिक ३४ रनको योगदानी दिए । यस्तै कप्तान शरद भेषवाकर ६ रनमा अविजित रहे ।

प्रदिप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२–१२ रन जोडे ।  विराटनगरका रामनरेश गिरिले २ विकेट लिए । करण केसी र बसन्त रेग्मीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको विराटनगर १७.४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए ।

सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११–११ रन जोडे । भैरहवाका धम्मिका प्रसाद र आरिफ शेख ३–३ विकेट लिन सफल रहे ।

यस्तै अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १–१ विकेट लिए । जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार दोस्रो हारपछि विराटनगर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।