२४ भाद्र २०८३, बुधबार
,
Latest
एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इपिएलः भैरहवाको पहिलो जित



अ+ अ-

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडीयटर्सले पहिलो जित निकालेको छ ।

बुधबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गर्दै भैरहवाले पहिलो जित निकालेको हो ।

विराटनगरले दिएको ९० रनको सामान्य लक्ष्य भैरहवाले १५.३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भैरहवाको जितमा उपुल थरंगाले अविजित रहँदै सर्वाधिक ३४ रनको योगदानी दिए । यस्तै कप्तान शरद भेषवाकर ६ रनमा अविजित रहे ।

प्रदिप ऐरीले २२ रन जोड्दा तमिम इकबाल र रोहित पौडेलले समान १२–१२ रन जोडे ।  विराटनगरका रामनरेश गिरिले २ विकेट लिए । करण केसी र बसन्त रेग्मीले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको विराटनगर १७.४ बलमा अलआउट हुँदै ८९ रन बनाएको थियो । विराटनगरका दिल्शन मुनाविराले सर्वाधिक २५ रन बनाए ।

सुमित महर्जनले १३ रन जोड्दा आसिफ शेख र अनिल साहले समान ११–११ रन जोडे । भैरहवाका धम्मिका प्रसाद र आरिफ शेख ३–३ विकेट लिन सफल रहे ।

यस्तै अविनाश बोहराले २ तथा दुर्गेश गुप्ता र कृष्ण कार्कीले १–१ विकेट लिए । जितसँगै भैरहवाले २ खेलमा ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

लगातार दोस्रो हारपछि विराटनगर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।