१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

महाशिवरात्रिमा हेलिकोप्टरबाट पुष्प वृष्टि

महाशिवरात्रिमा हेलिकोप्टरबाट पुष्प वृष्टि
अ अ+ अ-

महोत्तरी । अति प्राचीन महोत्तरीको जलेश्वरस्थित श्री जलेश्वरनाथ महादेव मन्दिर परिसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको छ । पुराणहरुमा वर्णित पुष्प वृष्टिको झल्को दिन महाशिवरात्रि पर्वका अवसरमा आज दिउँसो मन्दिर परिसर र जलेश्वर नगर परिसरमा पुष्प वृष्टि गराइएकोे हो । 

अति प्राचीन जलभित्र विराजमान भगवान् शिवको यो स्थलबारे थप चासो बढाउन हेलिकोप्टरबाट पुष्प वृष्टि गराइएको जलेश्वर नगरप्रमुख रामशङ्कर मिश्रले बताउनुभयो । पुष्प वृष्टिका लागि काठमाडौँबाट हेलिकप्टर भाडामा झिकाइएको थियो ।  मन्दिर परिसरमा आकासबाट विमानले दुई फन्का लगाएर पुष्प वृष्टि गराइएको जलेश्वर नगरवासीले बताए । यसका लागि स्थानीय मालीबाट दुई क्विन्टल सयपत्री पूmल सहयोगस्वरुप प्राप्त भएको थियो । हेलिकोप्टरको भाडालगायतका लागि करिब रु दुई लाख २५ हजार खर्च भएको छ । यो खर्च नगरपालिकाको कोषबाट नभइ श्रद्धालु शिवभक्तबाट दानस्वरुप जुटेको रकम भएको नगरप्रमुख मिश्रले स्पष्ट पार्नुभयो । 

पुष्प वृष्टि हुने सूचना फैलिएपछि टाढाटाढाबाट श्रद्धालु भक्तजनको जलेश्वरमा आज भीड लागेको थियो । पुराणमा पुष्प वृष्टिको कुरा सुनेपनि प्रत्यक्ष भने आजै देखिएको मन्दिर परिसर पुगेका श्रद्धालुले बताए । अति प्राचीन भएर पनि प्रचारले छायाँमा पर्दै आएको श्री जलेश्वरनाथबारे चासो बढाउन पुष्प वृष्टि कार्यक्रमले सहयोग पुग्ने उनीहरूको  विश्वास थियो ।

 “श्री जलेश्वरनाथ पवित्र शिवधाम हो, तर यसको प्रचार राम्रो हुन नसकेर ओझेल पर्दै आएको छ” जलेश्वर–१ का बासिन्दा सुधीर साहले भन्नुभयो, “पुराणवर्णित विमानबाट पुष्प वृष्टिको आज सम्पन्न कार्यक्रमले यस ठाउँबारे चासो बढ्ने अपेक्षा छ ।” 

जलेश्वरनाथ अनादिकालमा भगवान् शिवले सपनामा दिनुभएको सङ्केतका आधारमा तीन सन्तले ठाउँ पत्ता लगाएका विश्वास गरिए पनि माटोमुनि गडेको शिवलिङ्ग निकाल्न नसकेपछि सन्तहरुकै आराधनाबाट प्रशन्न हुनुभएका शिव आफैं प्रकट भएको वर्णन पुराणमा छ । गहिरो जलाशयभित्र रहेको शिवलिङ्ग १८ वटा सिँढीमुनि छ । महाशिवरात्रि, साउने सोमबार र अन्य पर्व नेपाली सेनाले लिङ्ग छोपिएको जलाशयको पानी बाहिर निकालेपछि शिवलिङ्गको दर्शन गर्न  सर्वसाधारणलाई सहज हुँदै आएको छ ।