२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस उदयपुरको अधिवेशनः दुई स्थानीय तहमा सर्वसम्मत, छ मा निर्वाचन



अ+ अ-

उदयपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । 

आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ । 

निर्वाचन प्रक्रियाबाट सभापतिमा विजयी हुनेमा त्रियुगामा प्रकाश खड्का, बेलकामा अशोक कार्की, चौदण्डीगढीमा राजेन्द्र पौडेल र कटारीमा प्रकाश थापा रहेको कांग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालले बताउनुभयो ।

उहाँका अनुसार रौतामाईमा घमानसिंह मगर र लिम्चुङबुङमा नेत्रबहादुर कार्की पार्टी सभापतिमा विजय हुनुभएको छ । त्यस्तै जिल्लाको उदयपुरगढीमा यमबहादुर पाण्डे र ताप्लीमा  दीपकुमार रासकोटी सर्वसम्मत रुपमा सभापतिमा चयन भएको छ । (रासस)