७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

कांग्रेस उदयपुरको अधिवेशनः दुई स्थानीय तहमा सर्वसम्मत, छ मा निर्वाचन

कांग्रेस उदयपुरको अधिवेशनः दुई स्थानीय तहमा सर्वसम्मत, छ मा निर्वाचन
अ+ अ-

उदयपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत उदयपुरका पालिका अधिवेशन सम्पन्न भएको छ । 

आठ पालिका रहेको उदयपुरमा दुईमा सर्वसम्मत र ६ वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । जिल्लाको उदयपुरगढी र ताप्ली गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने त्रियुगा, चौदण्डीगढी, बेलका र कटारी नगरपालिका तथा रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस उदयपुरले जनाएको छ । 

निर्वाचन प्रक्रियाबाट सभापतिमा विजयी हुनेमा त्रियुगामा प्रकाश खड्का, बेलकामा अशोक कार्की, चौदण्डीगढीमा राजेन्द्र पौडेल र कटारीमा प्रकाश थापा रहेको कांग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालले बताउनुभयो ।

उहाँका अनुसार रौतामाईमा घमानसिंह मगर र लिम्चुङबुङमा नेत्रबहादुर कार्की पार्टी सभापतिमा विजय हुनुभएको छ । त्यस्तै जिल्लाको उदयपुरगढीमा यमबहादुर पाण्डे र ताप्लीमा  दीपकुमार रासकोटी सर्वसम्मत रुपमा सभापतिमा चयन भएको छ । (रासस)