२४ भाद्र २०८३, बुधबार
,
Latest
विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पहिलो पटक सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न बिहीबार विहान १० बजे बस्ने गरी बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।

 ‘प्रधानमन्त्री भएपछि उहाँले सर्वदलीय बैठक बोलाउनुभएको छैन, यो नै पहिलो हो । त्यस्तो खास एजेण्डा छैन । तर, सबैको कुरा सुनौं भन्ने हिसाबले बैठक बोलाइएको हो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘अहिले संसद्‌मा जारी अवरोध खुलाउने विषय नै प्रमुख एजेण्डा हो ।’

संसद्‌मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् । बैठकमा त्यसबाहेक संसद्‌को प्रमुख प्रतिपक्षी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ ।

नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्‌का बैठकहरुमा निरन्तर अवरोध पुर्‍याउँदै आएको छ । तर, माधवकुमार नेपालसहित ती सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी नै खोलिसकेका छन् ।

संसद्‌को गतिरोध खुलाउनकै लागि सभामुख अग्नीप्रसाद सापकोटाले पनि भदौमा सर्वदलीय बैठक बोलाएका थिए ।