• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे ३२ पेजको प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी ★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा… ★   नेकपा एस महाधिवेशन: १२ समूहका सुझाव पेस हुँदै ★   आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै ★   कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन

आजै टुंगो लाग्दै गभर्नरको मुद्दा



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको किनारा लगाउन आज सर्वोच्च अदालतमा बहस हुँदैछ ।

मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेसँगै उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट हाल्नुभएका अधिकारी सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेशबाट काममा फर्कनुभएको थियो ।

गभर्नर अधिकारीले दायर गर्नुभएको रिटमाथि मङ्गलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको इजलासमा सुनुवाइ प्रारम्भ भएको थियो । मङ्गलबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज उक्त रिट पुनः इजलासमा चढेकाले बहस हुन लागेको हो ।

नौ नम्बरको इजलासको पहिलो नम्बरमा रहेको उक्त मुद्धाको सुनवाइ मङ्गलबारकै न्यायाधीशद्वय मल्ल र मोक्तानले गर्नुहुने भएकाले सम्भवतः मुद्दाको किनारा आजै लाग्नेछ ।

सरकारले गत चैत २५ गते गभर्नर अधिकारीलाई निलम्बन गरी जाँचबुझ समिति गठन गरेपछि सोविरुद्ध अधिकारी सर्वोच्च अदालत जानुभएको थियो । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अन्तरकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी यही वैशाख ६ गते काममा फर्कनुभएको थियो ।