२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजै टुंगो लाग्दै गभर्नरको मुद्दा



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको किनारा लगाउन आज सर्वोच्च अदालतमा बहस हुँदैछ ।

मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेसँगै उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट हाल्नुभएका अधिकारी सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेशबाट काममा फर्कनुभएको थियो ।

गभर्नर अधिकारीले दायर गर्नुभएको रिटमाथि मङ्गलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको इजलासमा सुनुवाइ प्रारम्भ भएको थियो । मङ्गलबार बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । आज उक्त रिट पुनः इजलासमा चढेकाले बहस हुन लागेको हो ।

नौ नम्बरको इजलासको पहिलो नम्बरमा रहेको उक्त मुद्धाको सुनवाइ मङ्गलबारकै न्यायाधीशद्वय मल्ल र मोक्तानले गर्नुहुने भएकाले सम्भवतः मुद्दाको किनारा आजै लाग्नेछ ।

सरकारले गत चैत २५ गते गभर्नर अधिकारीलाई निलम्बन गरी जाँचबुझ समिति गठन गरेपछि सोविरुद्ध अधिकारी सर्वोच्च अदालत जानुभएको थियो । उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले अन्तरकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी यही वैशाख ६ गते काममा फर्कनुभएको थियो ।