२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाद्वारा पाल्म तेलको निर्यातमाथि प्रतिबन्ध, बजारमा थप अस्थिरता देखिने चिन्ता



पाल्म तेल इमेज
अ+ अ-

जकार्ताः इन्डोनेसियाले पाल्म तेलको निर्यातमाथि बिहीबारदेखि लागू हुने गरी पूर्ण प्रतिबन्ध लगाएको छ । विश्वमै पाल्म तेलको उत्पादन गर्ने इन्डोनेसिया प्रमुख राष्ट्र हो ।

विश्व बजारमा वनस्पती तेलको मूल्य बढिरहेको अवस्थामा इन्डोनेसियाको यस कदमले बजारमा तेलको मूल्य अझ बढ्ने र तेल बजारलाई थप अस्थिर बनाउने अनुमान गरिएको छ ।

इन्डोनेसियामै खाना पकाउने तेलको आपूर्ति कम हुन थालेको तथा बजार मूल्य पनि बढेको छ । आजभोलि इन्डोनेसियाका विभिन्न शहर बजारमा सुपथ मूल्यका पसलबाट अत्यावश्यक सामान किन्न ग्राहकहरुले घण्टौं लाइन बस्नु पर्ने अवस्था सिर्जना भएको छ ।

दक्षिण पूर्वी एसियाली मुलुक इन्डोनेसिया विश्वमै धेरै जनसंख्या भएको मुलुकमध्येको एक हो । यहाँ सामानको अभाव र मूल्यवृद्धि भए सामाजिक तनाब सिर्जना हुने भन्दै सरकारमाथि विभिन्न विकल्पका बारेमा सोच्न बाध्य बनाएको छ ।

सरकारले पाल्म तेल सहित तेल बनाउने पाल्मका दानाको निकासीमा प्रतिबन्ध लगाएको छ । बाणिज्य मन्त्रालयले पाल्मसँग सम्बन्धित सबै किसिमका उत्पादहरुको निकासीमा प्रतिबन्ध लगाएको अर्थमन्त्री एयरलान्गा हार्टार्टोले बताउनु भएको छ ।

राष्ट्रपति जोको विडोडोले पनि आफ्नो सरकारले आफ्ना नागरिकलाई पहिलो प्राथमिकता दिने बताउनु भएको छ । विश्वमै सबैभन्दा धेरै पाल्म उत्पादक राष्ट्र भए पनि देशभित्र तेलको अभाव हुन थालेपछि यस्तो बाध्यकारी कदम चाल्नु परेको राष्ट्रपतिले स्पष्ट गर्नु भएको छ ।

इन्डोनेसियामा झण्डै २७ करोड जनसंख्या छ ।

इन्डोनेसियाले विश्वको कूल पाल्म तेल उत्पादनको झण्डै ६० प्रतिशत हिस्सा ओगट्ने गरेको छ । यसमध्ये झण्डै एक तिहाई तेल इन्डोनेसियामै खपत हुने गरेको छ । भारत, चीन, युरोपेली युनियन र पाकिस्तानमा इन्डोनेसियाली पाल्म तेलको निर्यात हुने गरेको छ ।

नेपालमा पनि इन्डोनेसिया, मलेसिया लगायतका मुलुकबाट पाल्मका दाना आयात गरी तेल निकालेर भारत समेतका मुलुकमा निर्यात हुने गरेको थियो ।

तेलको मूल्य प्रति लिटर ९७ सेन्टभन्दा तल आएपछि मात्र निकासी पुनः खुला गर्ने बताएको छ । अहिले बजारमा तेलको मूल्य ७० प्रतिशतभन्दा बढी भइसकेको छ ।

युक्रेनमाथि रसियाले आक्रमण गरेपछि विश्व बजारमा कृषिजन्य वस्तुहरुको मूल्य वृद्धि भइरहेको विश्व खाद्य तथा कृषि कार्यक्रमले जनाएको छ । एएफपी




भर्खरै