• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

वडा अध्यक्षमा विजयी भएमा सरकारी सेवा नलिने अभिनेता घिमिरेको घोषणा



काठमाडौं । अभिनेता राज घिमिरेले आफू वडा अध्यक्षमा निर्वाचित भएमा वडा अध्यक्षको हैसियतले पाउने कुनैपनि सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफूले पाउने उक्त सेवा सुविधा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि खर्च गर्ने उल्लेख गरेका छन् ।

‘म विजयी भएपश्चात ५ वर्षसम्म कुनैपनि सरकारी सवारी साधनको सुबिधा, तलब, भत्ता, सेवा सुविधा लिने छैन’ उनले भनेका छन् ‘त्यो रकमले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनको लागि खर्च गर्नेछु ।’

घिमिरे नेकपा माओवादी केन्द्रका तर्फबाट गोदावरी नगरपालिका वडा नं ३ को वडा अध्यक्ष उम्मेदवार छन् । गत स्थानीय निर्वाचनमा पनि उनी गोदावरी नगरपालिका वडा नं ३ को नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष उम्मेदवारमै पराजित भएका थिए ।

फिल्म ‘चपली हाइट’बाट अभिनेताको रुपमा परिचित उनी पछिल्लो समय समाजसेवामा लागिपरेका छन् ।