• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

निर्वाचन अपडेट: १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी



काठमाडौंः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिन चाहने उम्मेदवारका लागि यही बैशाख ११ र १२ गते मनोनयन दर्ता गर्ने व्यवस्था गरेको थियो ।

प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

मनोनयनको ढाँचा हेर्दा प्रमुख तथा अध्यक्ष पदका आकांक्षीहरुमा स्वतन्त्र उम्मेदवारको संख्या बढी देखिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारहरुको संख्या पनि अरु दलभन्दा बढी छ ।