१६ असार २०८३, मंगलवार
,
Latest
काठमाडौं केन्द्रित नार्कको काज प्रथामा अन्त्य, दुर्गममा कर्मचारी अनिवार्य खटाइने ९ दिनदेखि माइतीघरमा दृष्टिविहीनको आन्दोलन: रोजगारी वा बेरोजगार भत्ता माग कोशी प्रदेशसभा बैठक फेरि स्थगित, अब असार १८ गते बस्ने चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइपिएलः बेंगलोरले राजस्थानलाई ७ विकेटले हरायो



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । 

जितको लागि १ सय ५० रनको लक्ष्य पछ्याएको बेंगालेरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै जित निकालेको हो ।

बेंगलोरलाई जित दिलाउन ग्लेन म्याक्सवेलले अर्धशतकीय पारी खेले । उनी ३० बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनमा अविजित रहे ।

यस्तै विकेटकिपर स्रिकर भरतले ३५ बलमा ३ चौका र १ छक्का सहित ४४ रन जोडे । कप्तान विराट कोहली २० बलमा ४ चौका सहित २५ रनमा रन आउट हँदा युवा ओपनर देवदत्त पाडिक्कल १७ बलमा ४ चौका सहित २२ रन जोड्दै पेभिलियन फर्किए । 

राजस्थानका मुस्ताफिजुर रहमानले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन जोड्यो । 

राजस्थान रोयल्सका ओपनर एविन लेविसले ३७ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५८ रनको योगदान दिए । यस्तै यशस्वी जैसावलले २२ बलमा ३ चौका र २ छक्का सहित ३१ रन जोडे । 

बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए भने युजभेन्द्र चहल र शहबाज नदिमले २–२ विकेट लिन सफल रहे । यस्तै ड्यानियल क्रिष्टियन र जर्ज ग्रेटनको नाममा १–१ विकेट रह्यो ।