• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   भारतीय पर्यटकहरुलाई नेपालमा डाँकाको जस्तो व्यवहार गरियो: सांसद राणा ★   सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ ★   ‘देशमा केही भएको छैन, केही हुँदैन’ भन्ने भाष्य गलत सावित भएको छ: प्रधानमन्त्री ★   कुवेत आगलागीमा ज्यान गुमाएका ४५ जनाको शव भारत ल्याईयो ★   ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट ★   सूचना प्रविधि दशकअघि बढाउन भारतीय सहयोग महत्वपूर्ण हुने: मन्त्री शर्मा ★   साउथ अफ्रिकासँग भिड्न पसिना बगाउँदै क्रिकेट टोली – फोटोफिचर ★   खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित ★   सरकारले ढिला नगरी पर्यटनसम्बन्धि ऐन संशोधन गर्नुपर्छ: एमाले सचेतक बराल ★   साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन

प्रदेश १ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बन्दै



तस्बिरः रेडियो नेपाल

विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ मोरङद्वारा आयोजित तेस्रो त्रैमासिक (नौ महिनाको) समीक्षा गोष्ठी आज सम्पत्र भएको छ ।

स्वदेशी पूँजी, स्वदेशी सीप र श्रमलाई उच्चतम प्रयोग गर्न तथा चकलाबन्दी खेती गरी बालिमा विविधता ल्याउन प्रमुख उद्देश्य रहेको सो गोष्ठीमा प्रदेशका १४ जिल्लाका परियोजना कार्यान्वय एकाइका प्रमुखहरुको सहभागिता थियो ।

कार्यक्रममा परियोजना कार्यान्वय एकाइ मोरङका प्रमुख रामबलमप्रसाद साहले प्रदेशभरिको नौ महिनाको प्रगति विवरण पेस गर्नुभएको थियो भने परियोजना व्यवस्थापन एकाइ काठमाडौँका विज्ञ तीर्थराज श्रेष्ठ र प्रदेश नं १ कृषि मन्त्रालयका उपसचिव पशुपति पोखरेलले परियोजनाको विविध पक्षमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

विसं २०७३ देखि सञ्चालित परियोजनाको अवधि १० वर्षको रहने र यस वर्ष प्रदेश नं १ मा वित्तीय प्रगति ३१ दशमलव चार प्रतिशत मात्र रहेको बताइएको छ । ब्लक, जोन र सुपर जोन रहेको प्रदेशमा अहिलेसम्म परियोजनाले ३१ हजार ८९ हेक्टर जग्गामा विविध बालीले प्राथमिकता पाएको जनाइएको छ ।

व्यवस्थापन एकाइ काठमाडौँका विज्ञ तीर्थराज श्रेष्ठले आफ्ना कार्यपत्रमार्फत परियोजना ७७ जिल्लामै सञ्चालित रहेको, बाली विशेषको जोन, सुपर जोन सङ्ख्याअन्तर्गत सुपर जोन १६, जोन १७७, आर्थिक वर्ष २०७८÷७९ मा विनियोजित बजेत रु सात अर्ब ८३ करोड, जोन÷सुपरजोन सङ्घीय निकाय रु तीन अर्ब तीन करोड १९ लाख रहेको बताउनुभयो । साथै ब्लकतर्फ रु दुई अर्ब दुई करोड ९० लाख, ब्लक ९९९, कृषि ब्लक ८४६ र पशु सेवाको ब्लक १५३, पकेटतर्फ रु दुई अर्ब ७६ करोड ९१, स्थानीयतर्फ पकेटको सङ्ख्या तीन हजार २६४ मा कृषि पकेट दुई हजार ३०८ र पशु सेवाको पकेट ९७६ रहेको जानकारी दिनुभयो ।

प्रदेश नं १ का कृषि सचिव मेघनाथ तिमल्सेनाले दक्ष जनशक्ति नभएसम्म खोजेअनुसारको प्रगति हासिल नहुने भन्दै कृषिमा लगानी गरेर प्रशस्त रोजगारी सिर्जना गर्न सकिने बताउनुभयो ।

उहाँले तीन तहकै सरकारले कृषिलाई अपनत्व बनाउनुपर्ने सुझाव दिँदै अनेक चुनौतीको बाबजुद पनि कृषि अघि बढेको र यसमा उद्योग मन्त्रालयले पनि अग्रसरता देखाउनुपर्नेमा जोड दिनुभयो ।

एक्लैबाट कृषि सम्भव नभएकाले सहकारीको अवधारण आएको बताउँदै सचिव तिमल्सेनाले भत्रुभयो, “किसानको आर्थिक रुपान्तरण गर्न र देशलाई समृद्ध बनाउन कृषिलाई उच्च प्राथमिकता राख्नै पर्छ ।” बीमा समेतको उलब्धतता, अनुदान समेतको व्यवस्था भएको कृषिमा युवालाई आकर्षित गराउन सहुलित क्रृणको पनि व्यवस्था भएको भन्दै सचिव तिमल्सेनाले सबै किसिमको बाली उत्पादन गर्न सिँचाइ सुविधा हुनुपर्छ भत्रुभयो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिमल्सेनाले उत्पादनमा आत्मनिर्भर बनाउन कृषिमा युवाहरुलाई प्रवेश गराउनुपर्ने भन्दै कृषि आम नागरिकको रुचि बत्रुपर्ने सुझाव दिनुभयो ।