२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालका लागि नेपाली पार्टीको चुनावी घोषणापत्र सार्वजनिक



अ+ अ-

काठमाडौं, १३ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि ‘नेपालका लागि नेपाली पार्टी’ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पार्टीले आज स्थानीय तह निर्वाचन घोषणापत्र–२०७९ सार्वजनिक गरेको हो ।

पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा भ्रष्टाचारको अन्त्य, निर्वाचन प्रणालीमा आमुल परिवर्तन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसद मन्त्री बन्न नपाउने, नागरिकतन्त्रसहितको राजतन्त्र, धर्मनिरपेक्षताको अन्त्य, संघीयताको खारेजी, समृद्ध नागरिकलगायतको मुल एजेण्डाहरु समावेश गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका वरिष्ठ उपाध्यक्ष तथा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले अहिलेको निर्वाचन मुलुकको भविष्यको लागि ज्यादै महत्वपुर्ण भएको बताए । पछिल्लो समयमा धेरै पार्टीहरुले राजनीतिक सिद्धान्त र विचार छाडेको समेत उनले आरोप लगाए । सत्तामा पुग्नुमात्र दलहरुको सामुहिक उद्देश्य भएको उनको भनाई थियो ।

लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड नै निर्वाचन हो भन्दै भण्डारीले चुनावको लागि गरिएको गठबन्धनले लोकतन्त्र पराष्त गर्ने जिकिर गरे ।

‘निर्वाचनमा मिलिजुली गर्ने, साँठगाँठ गर्ने, आफु जित्ने स्ट्रयाटे«जी राख्नु भनेको निरंकुशतातर्फ जानु हो । त्यसैले साँठगाँठले लोकतन्त्रको आत्मालाई समाप्त पार्छ, गठबन्धन गरेर दलहरुले लोकतन्त्र समाप्त पार्न खोजिरहेका छन् ।’
उनले भने,‘यो लोकतन्त्र विरोधी हो ।’

राप्रपाप्रति आफुहरुले धेरै आशा गरेपनि राप्रपाले चुनाव जित्नलाई जहाँ जुनसुुकै स्थानमा गठबन्धन गरेको भन्दै उनले विरोध जनाए । राप्रपामा नयाँ नेतृत्व आएपनि खासै फरक नभएको उनले तर्क गरे । उनले भने,‘चुनावले राजनीतिक एजेण्डा स्थापित हुन्छन् भन्ने भ्रम छरिएको छ भने त्यो गलत भ्रममात्र हो ।’

त्यस्तै, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ‘यो लोकतन्त्र होइन लुटतन्त्र हो’ भन्ने मानिसहरु आफ्नो पार्टीमा आउनु पर्ने धारणा राखे । आफ्नो पार्टीमात्र प्रतिपक्ष दल भएको जिकिर गर्दै उनले अन्य पार्टीले सत्ताधारीसँग गठबन्धन गरेकोले ती पार्टीहरु प्रतिपक्षी दल हुनैनसक्ने तर्क गरे । सत्तापक्षसँग साँठगाँठ गर्ने प्रतिपक्षी दलको नैतिक हैसियत नहुने उनको भनाई थियो ।

यसैगरी, पार्टीका सचिव दीपक महाराजा आत्रेयले आगामी स्थानीय निर्वाचनको लागि आफ्नो पार्टीका २१ सय उम्मेदवारहरुले विभन्न पदमा मनोनयन दर्ता गराएको बताए । उनले अन्य उम्मेदवारहरुको पनि रेकर्ड आउने क्रम जारी रहेको सुनाए । उनले सबै व्यक्तिहरुले आफ्नो पार्टीलाई माया गरेर दृढतासहित प्रतिवद्धता जनाएकोमा खुशी व्यक्त गरे ।

उनले भने,‘नेपालको विकासको लागि ‘नेपालका लागि नेपाली पार्टी’ मात्र रहेको र अन्य कुनै पनि पार्टी नरहेको निष्कर्ष पार्टीले निकालेको छ । नेपालका पार्टीहरु कम्पनी ऐन अनुसार दर्ता हुनुपर्थ्यो अहिले उनीहरुले नाफा कमाउनको लागि एउटा सत्ता प्राप्त गर्न, त्यसबाट राज्यलाई दोहन गर्न र लुट्नको लागि दर्ता भए । उनीहरुको कुनै सिद्धान्त पनि छैन्, उनीहरुको एउटै सिद्धान्त हो– जसरी हुन्छ शक्तिमा पुगेर राज्यलाई दोहन गर्ने ।’

यसैगरी, काठमाडौं महानगरको ७ न.वडाको वडाध्यक्षमा उम्मेदवार दिएकी शान्ति बस्नेतले आफ्नो वडालाई डिजिटलमैत्री बनाउन उम्मेदवारी दर्ता गराएको बताइन् । उनले वडामा भ्रष्टाचार हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै वडाबासीको सर–सल्लाहमा मात्र विकास निर्माणको काम अघि बढाउने स्पष्ट पारिन् । उनले हरेक ३ महिनामा वडाको बजेट डिजिटल प्रविधिबाट सार्वजनिक गर्ने पनि प्रतिवद्धता जनाइन् ।

त्यस्तै, धुलिखेल नगपालिकाका मेयर पदका उम्मेदवार बिष्णुप्रसाद सापकोटाले धुलिखेलको पुर्ण विकास र भ्रष्टाचारको अन्त्यको लागि आफुले उम्मेदवारी दिएको बताए । नगरपालिकाको अग्रज व्यक्तित्वहरुसँगको सहकार्यमा विकास निर्माणका आधार तय गर्ने र अघि बढ्ने समेत प्रतिवद्धता उनले व्यक्त गरे । विशेषगरी शिक्षा र कृषि क्षेत्रमा विकास अगाढी बढाउने उनको प्रतिवद्धता छ ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिकाका मेयरका उम्मेदवार राजेश वाणीले आफ्नो नगरपालिकाको विकासको लागि युवा जोशसहित उम्मेदवारी दर्ता गराएको बताए । उनले भने,‘पृथकशैलीमा आफ्नो नगरलाई उदारणीय नगर बनाउने सोचको साथ पार्टीबाट म उम्मेदवार भएको छु ।’ गत वर्षको स्थानीय निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुले पनि राम्रो काम गरेको उल्लेख गर्दै अब बाँकी विकास आफुले गर्ने घोषणा गरे ।

वाणीले सबैभन्दा पहिला आफ्नो नगरलाई भ्रष्टाचारमुक्त गर्ने, आर्थिक प्रविधिको विकास गर्ने र इन्टरनेटमार्फत नयाँ प्रविधिमा नगरवासीका काम गर्ने पनि प्रतिवद्धता गरे । उनले भने,‘नगरबासीहरु वडामा जान नपर्ने र घरबाट सेवा लिन सक्ने प्रविधि विकास गर्नेछु । परम्परागत शैलीको घर बनाउनेलाई नगरपालिकाले पुरस्कारको व्यवस्था गरिने छ ।’ युवाहरुलाई रोजगारीको सिर्जना गर्ने, पुराना संस्कृतिलाई जर्गेना गर्ने, मौलिक नाचगानलाई प्राथमिकता दिने पनि उनले बताए ।

काभ्रे मन्डन देउपुर नगरपालिकाका मेयर पदका उम्मेदवार पद्म मेघाआशिष शाहले ठुला दललाई ज्योवेन्ट पार्टीको संज्ञा दिँदै ती दलले भन्दा पृथक तरिकाले आफ्नो पार्टी प्रस्तुत हुन खोजेको सुनाए । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी स्थानीय तहको चुनावको लागि विभिन्न पार्टीसँग गठबन्धन गरेकोमा पनि उनले आपत्ति जनाए । उनले भने,‘यसमा राप्रपा पनि अछुतो रहेन ठुला ठुला कुरा गर्यो काम केही गरेन् । भ्रष्टाचारमुक्त पार्टी भनेपनि त्यो पनि गर्न सकेन । राप्रपा पनि अरु दलजस्तै भयो । अब यी पार्टी भन्दा फरक ढंगले चुनावमा हामी अघि बढ्नेछौ ।’

ठुला दललाई व्यंग्य गर्दै उनले बिहान एउटाले टिकट पाउने र बेलुका अर्काले पाउने नीति भन्दा फरक ढंंगले आफ्नो पार्टी निर्वाचनमा होमिएको स्पष्ट पारे । ‘ तपाइँहरुसँग बसेर तपाईहरुकै चिया खाएर चुनाव लड्न जाँदैछु, त्यसैले मसँग कुनै पनि अपेक्षा नराख्नु होला मसँग राम्रो सुशासन मात्र छ ।’

काठमाडौं तारकेश्वरका मेयर पदका उम्मेवार डा. मोझराज बगालेले तारकेश्वर नगरपालिकामा पानीको समस्या रहेको उल्लेख गर्दै त्यहाँको सामान्य समस्या हल गरेपनि जनता खुशी हुने बताए ।

तारकेश्वरमा एउटा सहकारी बनाएर स्थानीयको आर्थिक अवस्था सुधार ल्याउने गर्ने समेत उनले प्रतिवद्धता व्यक्त गरे।

उनले अर्गानिक चामल उत्पादन गरेर बिक्रि गरेमा आर्थिक उन्नती हुने भन्दै नगरपालिकाको आफ्नै बीमा संस्था खोलेर जनताको बीमाबाट उपचार गर्ने बताए । पार्टीको घोषणापत्र पार्टीका प्रमुख सचिव सागर खड्काले वाचन गरेर सुनाएका थिए ।