• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा ★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा

आईपीएल प्रिभ्युः बैंगलोर र राजस्थान भिड्दै



एजेन्सी । आईपीएल ३९ औं खेलमा मंगलबार (अप्रिल २६)रोयल च्यालेन्जर्स बैंग्लोरको टोलीले राजस्थान रोयल्ससँग खेल्दैछ । यस खेलमा आरसीबीको लक्ष्य इनफर्ममा रहेका जोस बटलरको ब्याटलाई दबाबमा राखेर विपक्षी टोलीलाई रोक्नु हुनेछ । लगातार दुई खेलमा पहिलो बलमा पेभिलियन फर्किएपछि सबैको नजर आरसीबीका पूर्व कप्तान विराट कोहलीमाथि रहनेछ ।

पछिल्लो खेलमा ब्याट्सम्यानको खराब प्रदर्शनपछि आरसीबीले स्टार ब्याट्सम्यान कोहलीले ठूलो इनिङ खेल्ने र अन्य ब्याट्सम्यानले पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छ ।

पछिल्लो खेलमा सनराइजर्स हैदरावादसँग ९ विकेटको लज्जास्पद हार बेहोरेपछि बैंगलोरको टोली राजस्थानसँग खेल्दैछ भने राजस्थानको टोली अघिल्ला दुवै खेल जित्दै जारी सिजन उत्कृष्ट लयमा रहेको छ ।

कार्तिक–म्याक्सवेलबाट अपेक्षा कायम रहनेछ
खेलमा सबैको नजर कोहलीमा रहेपनि आरसीबीसँग कप्तान फाफ डु प्लेसिस, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक र शाहबाज अहमद जस्ता ब्याट्सम्यानहरू छन् जो ठूला शट खेल्न सक्षम छन्। बैंगलोरका लागि जारी सिजनमा सर्वाधिक रन बनाउने खेलाडी डु प्लेसिसको फर्ममा उतारचढाव देखिएको छ ।

ठूला शट खेल्ने क्षमताका कारण कार्तिकले फिनिशरको भूमिका पनि राम्रोसँग निभाउन सक्छन् । यद्यपि, पछिल्लो खेलमा भने उनले खाता खोल्न सकेनन् ।

बोल्ट–चहलले रनलाई नियन्त्रणमा राख्नेछन्
ट्रेन्ट बोल्टको नेतृत्वमा राजस्थानसँग विविध बलिङ आक्रमण छ । बोल्टले विराटलाई सताइरहेका छन् । प्रसिद्ध कृष्ण बाहेक, रविचन्द्रन अश्विन र युजवेन्द्र चहलको स्पिन जोडीले पनि आरसीबी ब्याट्सम्यानलाई समस्यामा पार्न सक्छ । चहलले प्रतियोगितामा अहिलेसम्म १८ विकेट लिएका छन् । आश्विन कुनै पनि ब्याटिङ अर्डर ध्वस्त पार्न सक्षम छन् ।

उत्कृष्ट फर्ममा बटलर
राजस्थानका लागि ओपनर जोस बटलर उत्कृष्ट लयमा छन् । उनले यस सिजनमा तीन शतक प्रहार गरिसकेका छन् । ओपनर देवदत्त पडिक्कल र कप्तान सञ्जु सामसनले पनि ब्याटिङमा योगदान दिइरहेका छन् भने शिमरोन हेटमायरले पनि आकर्षक इनिङ्स खेलेका छन् । राजस्थानको ब्याटिङको कमजोर पक्ष करुण नायर र रियान पराग हुन् । यो जोडीले राम्रो प्रदर्शन गर्नुपर्नेछ ।

हर्षल–हेजलवुडमाथि जिम्मेवारी
आरसीबीसँग डेथ ओभरमा हर्षल पटेल उत्कृष्ट बलर छन् । यी फास्ट बलरलाई मोहम्मद सिराज र जोस हेजलवुडको समर्थन चाहिन्छ । श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाको चार ओभर पनि आरसीबीका लागि महत्वपूर्ण हुनेछ किनभने उनीसँग पनि खेलको सिलसिला परिवर्तन गर्ने क्षमता छ ।

रोयल च्यालेन्जर्स बैंगलोर सम्भावित – ११
फाफ डु प्लेसिस (कप्तान), अनुज रावत, विराट कोहली, ग्लेन म्याक्सवेल, सुयश प्रभुदेसाई, शाहबाज अहमद, दिनेश कार्तिक (विकेटकीपर), वानिन्दु हसरंगा, हर्षल पटेल, जोश हेजलवुड, मोहम्मद सिराज ।

राजस्थान रोयल्स सम्भावित – ११
जोस बटलर, देवदत्त पडिककल, सञ्जु सैमसन (कप्तान/विकेटकिपर), शिमरोन हेटमायर, करुण नायर, रियान पराग, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, प्रणन्द कृष्णा, ओबेद म्याकोय, युजवेन्द्र चहल ।

खेल समयः ७ः४५ बजे