१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

महाशिवरात्रि पर्वका अवसरमा पाशुपत क्षेत्रमा मन्त्री आलेद्वारा व्यवस्थापन र निरीक्षण

महाशिवरात्रि पर्वका अवसरमा पाशुपत क्षेत्रमा मन्त्री आलेद्वारा व्यवस्थापन र निरीक्षण
अ अ+ अ-

काठमाडाैं । महाशिवरात्रि पर्वका अवसरमा भगवान् पशुपतिनाथको दर्शनका लागि आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा लाखौँ भक्तजन उपस्थित रहेका छन् । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको छ भने ढोका खोल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागिसकेको थियो । भक्तजनको दर्शनका लागि सहज होस् भनेर पशुपतिनाथ क्षेत्रमा ५०० स्वयम्सेवक परिचालन गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य एवं मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिहानैदेखि भक्तजनको भीड लागेको छ, भक्तजनको सहजताका लागि ५०० स्वयम्सेवक परिचालन गरेका छौँ, आवश्यकताअनुसार थप स्वयम्सेवक पनि परिचालन गरेका छौँ ।” मन्दिरमा भक्तजनको उपस्थितिलाई ध्यानमा राखेर मन्दिर एवं पूजाको व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहानैदेखि खटिनुभएको छ । उहाँ आज बिहान ३ बजे नै मन्दिरमा उपस्थित भई आवश्यक सबै तयारी गर्नुभएको थियो । यसअघि उहाँले पाशुपत क्षेत्रका भित्ता तथा खाली स्थानमा भगवान्का तस्बिर बनाउने, विभिन्न रङ्गका फूलले यस क्षेत्र सजाउने आदि काम गर्न निर्देशन दिनुभएको थियो । गएको हप्तादेखि नै महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्रमा गर्नुपर्ने काममा उहाँ आफैँ खट्ने र निर्देशन दिने गरेकाले यस पटकको महाशिवरात्रि पर्वमा पशुपतिनाथमा मेला तथा दर्शन गर्न सहज र व्यवस्थित भएको देखिएको छ ।

आज मध्याह्नदेखि पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो भीड बढेसँगै सुरक्षाकर्मीको सङ्ख्या पनि थप गरिएको बताइएको छ । प्रत्येक वर्ष फाल्गुण कृष्ण चतुर्दशीको राति मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुसी पार्ने विशेष दिन भएको बताइन्छ । परब्रह्मले फाल्गुण कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो । यसैगरी पर्वलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कोषका अध्यक्ष प्रेमबहादुर आलेको अध्यक्षतामा मूल समारोह समिति र विभिन्न १० वटा उपसमिति गठन गरिएको छ ।

पशुपतिनाथमा महाशिवरात्री पर्वमा आउने भक्तजन गएरातिदेखि नै भोकभोकै लाइनमा बस्ने गरेकाले उनीहरु बिरामी हुन पनि सक्ने भएकाले उपचारका लागि तत्काल अस्पताल पु¥याउन एम्बुलेन्सको व्यवस्था मिलाउन पनि मन्त्री आलेले समितिका पदाधिकारीलाई निर्देशन दिनुभएकाले यहाँ एम्बुलेन्सको व्यवस्था पनि मिलाइएको छ । मन्दिर दर्शनका लागि तीनवटा दर्शनमार्ग व्यवस्था गरिएको छ ।

गुह्येश्वरी–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्र गाडेश्वर छेउको उत्तरतिरको ढोकाबाट एउटा लाइन हुनेछ भने मित्रपार्क जयबागेश्वरी, इँटापाखा भएर भुवनेश्वरमा रहेको फलामको ढोका हुँदै पश्चिम ढोकातर्फ तथा बत्तीसपुलती, गौशाला, एयरपोर्ट, तिलगङ्गा चार शिवालय हुँदै अर्को लाइनको व्यवस्था गरिएको विकास कोषले जनाएको छ । मन्त्री आलेको निर्देशनपछि पशुपति क्षेत्र विकास कोषले हंसमण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गरिएको छ ।

बाहिरी सबै लाइनमा आज दिनभर भक्तजनको भीड लागेको थियो । दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म, उत्तरतर्फको लाइन गुह्येश्वरी र पश्चिमतिरको लाइन गौशालासम्म पुगेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार पशुपतिनाथ दर्शनका लागि छिमेकी मुलुक भारतबाट पनि ठूलो सङ्ख्यामा साधुसन्त तथा भक्तजन आएका छन् ।