३ श्रावण २०८३, आईतवार
,
Latest
मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड बन्यो तेस्रो राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षायाम लाग्दैछ, पाटन क्षेत्रमा चिन्ता



अ+ अ-

तनहुँ । ब्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका बासिन्दा वर्षायाम सुरु भएसँगै चिन्तित हुन थालेका छन् । गत वर्ष मादी नदीमा आएको बाढीले बस्तीको क्षेत्र कटान गरेपछि उचित संरक्षण हुन नसक्दा उनीहरु चिन्तित भएका हुन् ।

बस्तीदेखि करिव ७० मिटर दूरीमा मादी नदी बगेकाले उक्त क्षेत्र जोखिममा रहेको पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष तटबन्धको लागि सम्बन्धित निकायमा हारगुहार गरे पनि कुनै सुनुवाइ भएन । “अहिले नगरको ३ नंवर वडास्थित भतेरीमा तटबन्ध निर्माण गर्न लागेपछि सिधँै पाटन क्षेत्रमा असर पर्ने देखिन्छ” उहाँले भन्नुभयो ।

मादी नदी कटानका कारण त्यसक्षेत्रका करिब ६६३ घरधुरी जोखिममा परेका हुन् । नगरको चौध वडामध्ये बाह्र वडा मादी नदीवारी र दुई वडा मादी नदीपारी पर्दछन् ।

वर्षात् हुन थालेपछि नदी किनार आसपासका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको तल्लो पाटन खानेपानी संस्थाका अध्यक्ष टङ्कबहादुर थापाले बताउनुभयो । नदीकटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत जोखिममा पर्ने देखिएको छ । यदी समयमै यसतर्फ ध्यान नदिए करोडौँको क्षति व्यहोर्नुपर्ने बताइन्छ ।

त्यस क्षेत्रमा पर्ने वृद्धाश्रम, भजनकीर्तन भवन, गुरुकूल आश्रम, पाटन खेलकूद मैदान, पाटन पराशर पार्क, भूपु भवन, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालयलगायतको संरचनामा क्षति पुग्ने देखिएको हो ।

तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास रहेको छ ।