१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वागत मन्तव्य राखेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको निधन



अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१ का अध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण निधन भएको छ ।

आज दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयघातका कारण निजको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य मदन गिरिले बताए ।

राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिनुभएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले उनलाई मृत घोषित गरेका सदस्य गिरिले बताए ।

सैतीस वर्षका उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा सङ्घ नेपाल नवलपुरका सहसचिवसमेत रहनुभएका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित भएका थिए ।