काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बैठक अपरान्ह ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार विहीबार विहान सर्वदलीय बैठक बोलाएका देउवाले अपरान्ह मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक भएकाले सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् ।