१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध जयन्ती देखि व्यवसायिक उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध जयन्ती देखि व्यवसायिक उडान
अ अ+ अ-

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यवसायीक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ ।

विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताउनु भयो ।

आपतकालीन अवस्थामा विमानस्थल प्रयोग गर्न सकिने

उहाँले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान हुने बताउनु भयो । हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने पनि दाबी गर्नुभयो । नेपालमा आकस्मिक अवतरणका लागि आवश्यक सम्पूर्ण पूर्वाधार व्यवस्थासहितको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किनुको विकल्प छैन । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा समस्या आउँदा जहाजहरू भारतको लखनउ डाइभर्ट हुनु पर्ने अवस्थाको अन्त्य हुने महानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

गौतमबुद्व विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको अधिकारीको भनाइ छ । त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन् । त्यस्तै, उक्त विमानस्थलमा ल्याण्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकुल मौसममा समेत सुरक्षित अवतरण गर्नसक्ने बताउनु भयो ।  

नयाँ एयर रुट चाहिन्छ

विमानस्थलमा उडानको लागि नयाँ रुटको विषयमा भारत सरकार र नेपाल सरकारबीच जीटुजी मार्फत काम भइरहेको तर तत्कालको लागि पुरानै रुट अनुसार विमानस्थलमा हवाई उडान हुने महानिर्देशक अधिकारीको भनाइ छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा  ् दिगो पर्यटन विकास गर्ने लक्ष्य सरकारको छ । विमानस्थलको रन–वे ३ हजार मिटरको रहेको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा भवन मर्मत गरेर जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गरेर सञ्चालन गर्ने उद्देश्य सरकारको लक्ष्य रहेको अधिकारीले बताउनु भयो । विमानस्थलमा उडान शुरुवात भएसँगै विश्वका बौद्धधर्मावलम्बिहरु सिधै लुम्बिनीमा आउनसक्ने उहाँको भनाई छ ।

जनशक्ति व्यवस्थापन

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि आवश्यक जनशक्तिको व्यवस्थापन भइसकेको बताउनु भयो । उहाँले अध्यागमन, भन्सार,क्वारेन्टाइन र सुरक्षा एजेन्सीहरुको सोही अनुसारको दरबन्दीमा जनशक्ति व्यवस्थापन भएको बताउनु भयो ।  विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा निर्माण भएकाले प्राधिकरणको मात्रै विमानस्थल नभएको भन्दै अधिकारीले लगानीकर्ता सबैले आ–आफ्नो तरिकाबाट काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विमानस्थलमा आवश्यक जनशक्तिको व्यस्थापन गरिसकेका छौं । अध्यागमन, भन्सार,क्वारेन्टाइन र सेक्युरेटी एजेन्सीहरुको सोही अनुसारको दरबन्दीका कामहरु भएको छ । मैले के भन्न खोजेको हो भने क्यानको मात्रै एयरपोर्ट होइन । क्यानले मात्रै चलाउन सक्ने विषय पनि होइन । त्यसैले त यसलाई राष्ट्रिय गौरवको आयोजना भनिएको हो । सबै स्टेक होल्डरहरु सबै एजेन्सीहरुले आ–आफ्नो तरिकाबाट काम भएको छ । आगामी जेठ २ गतेसम्म सबै काम पूरा हुनेछ । एशियाली विकास बैंक र हामीले लगानी गर्दा रेटअफ रिटन नहेरी काम गरिएको हुँदैन । हामीसँग मार्केट छ । त्यो भएकाले सोचिहाल्नु पर्ने जरुरी देखिदैन ।’

विमानस्थलको व्यापार, प्रचारप्रसार

त्यस्तै,महानिर्देशक अधिकारीले गौतमबुद्ध विमानस्थल सञ्चालनको लागि नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरुसँग औपचारिक रुपमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा समेत सबैले जानकारी पाउने गरी नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको डाटाहरु प्रकाशन गर्ने तयारीमा सरकार रहेको बताउनु भयो । विमानस्थलको डाटा प्रकाशनपछि क्यानले अन्तर्राष्ट्रिय हवाइ कम्पनीहरुलाई बोलाएर विमानस्थल तयार भएको र सरकारले दिने सहुलियतको विषयमा स्पष्ट जानकारी दिने उहाँको भनाई छ । अधिकारीले अहिलेको अर्थतन्त्र बजार बेसको अर्थतन्त्र भएकाले बजार नभएर जति नै प्रचारप्रसार गरे पनि कोही आउने अवस्था नभएको तर्क गर्नुभयो । उहाँले हाम्रो बजार राम्रो रहेकाले विमानस्थल राम्रोसँग चल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालमा अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्ने विमान कम्पनीहरुसँग अनौपचारिक तथा औपचारिक रुपमा छलफल भइरहेको छ । विमान स्थल सम्बन्धि टाडाहरु अन्तर्राष्ट्रिय रुपमा सबैले थाहा पाउने गरी प्रकाशन गर्नुपर्छ । त्यो प्राविधिक कुराहरु भए । त्यो प्रकाशन हुनु भनेको सबैले नेपालमा नयाँ अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएछ । यसको डाटा यो यो रहेको छ भनेर थाहा पाउनुपर्छ । हामी आफैँ पनि डाटा प्रकाशन भएपछि उहाँहरुलाई बोलाएर हाम्रो नयाँ विमानस्थल तयार भयो । तपाईहरु सेवा दिन इच्छुक हुनुहुन्छ भने तपाईहरुलाई हामीले दिने यो यो सहुलियत छ । तपाईहरुको मार्केट यो हो । भनेर हामीले देखाई दिने हो। तेस्रो कुरा उहाँहरु आफैले पनि आफ्नो मार्केट के छ सर्वे गर्नुहुन्छ । अहिलेको अर्थतन्त्र भनेको मार्केट बेसिक हो । हामीले यसमा मार्केट छैन भने जतिसुकै प्रचारप्रसार गरे पनि, जतिसुकै भने पनि औपचारिक रुपमा वार्ताहरु गरे पनि मार्केट छैन भने कोही आउने  अवस्था हँुदैन । मुख्य कुरा मार्केट हो । हाम्रो दाबी के हो अथवा विश्वास के हो भने यो मार्केट छ । नारायणी पारिका यात्रुहरुको लागि बौद्धधर्मलम्बीको लागि र समग्र आफै भएको कारणले र विकासको गति बढ्दै गएको प्रतिफलले गर्दा यो विमानस्थल चल्छ भन्ने विश्वास हो । विश्वास गरेर लगानी गरेर अहिले यहाँसम्म ल्याएको अवस्था छ ।’

विमानस्थल सञ्चालन

महानिर्देशक अधिकारीले विमानस्थल व्यवसायीक ढङ्गले सञ्चालन गर्दा  विमानस्थलको अप्रेशन, मर्मत लगायत समग्र विमानस्थलको सञ्चालन नीजि क्षेत्रलाई दिनुपर्ने बताउनु भयो । उहाँले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले विमानस्थलहरुको निर्माण, मर्मत, सञ्चालन प्राधिकरणले गर्ने व्यवस्था गरेको बताउनु भयो । अब यो संरचना पुरानो भएकाले तत्कालै परिर्वतन गर्न नसकिने भन्दै विस्तारै सरकारले नीति परिर्वतन गर्नुपर्ने महानिर्देशक अधिकारीले बताउनु भयो । यो विमानस्थल नीजि क्षेत्रले निर्माण गरेको भए यसको प्रचारप्रसार फरक हुने तर्क गर्दै अधिकारीले सरकारले निर्माण गरेकाले प्रचारप्रसार गर्दा नीतिहरु केलाउनु पर्ने अवस्था रहेको बताउनु भयो । विद्यमान कानून नियमावली र बजारलाई हेरेर बढी भन्दा बढी काम गरिने महानिर्देशक अधिकारीले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘विमानस्थल सञ्चालन भनेको विश्वव्यापी अभ्यास हेर्ने हो भने जुन परमपरागत ढङ्गले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिहेका छौं । अहिले गौतमबुद्ध विमानस्थल पनि त्यही मापदण्डमा त्यही ऐन र नियमावली अनुसार हामीले सञ्चालन गरिरहेका छौं । जस्तो नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ ले नेपाल राज्यको विमानस्थलहरुको निर्माण, मर्मत, सञ्चालन प्राधिकरणले गर्ने छ भनिएको छ । सँगसँगै यसलाई व्यवसायी रुपमा क्यानले सञ्चालन गर्न सक्ने छ भन्ने व्यवस्था छ । तर जुन परम्परात संरचना छ । त्यी संरचनाबाट हामीले, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिरहँदा जे गुनासोहरु आयो भन्ने सर्वसाधरण अथवा सेवाग्राहीको गुनासो वा प्रश्न छ । त्यो अहिले पनि एथावत् नै छ। किन छ भने यो संरचना रातारात परिवर्तन गर्न सक्ने अवस्थामा छैना । कतिपय सीमाहरु छन् ।

यदि यो गौतमबुद्ध विमानस्थल नीजी कम्पनीले बनाएको भए यसको विज्ञापन कति हुने थियो । कसरी प्रचार गर्ने थियो । तर म क्यानको महानिर्देशक हो । तर मैले यसको विज्ञापन कसरी गर्ने भनेर धेरै नियम कानूनहरु र धेरै फलो गरेर सिमित स्रोतबाट मैले यो प्रयोग गरिरहेको छु । त्यस कारणले गर्दा यसलाई व्यवसायी ढङ्गमा लिएर जाने हो भने व्यवसायी सञ्चालन गरियो भने अब हामी विस्तारी विमानस्थलको अप्रेशन, यसको मर्मत समग्र यसको सञ्चालन नीजि क्षेत्रले गराउनु पर्छ । त्यो नीति राज्यले लिनुपर्छ । यही संरचनाबाट मैले भने यसलाई राम्रो बनाउने हो । तर तपाइले खोजेस्तो राम्रो हो की हैन । यसमा अहिले पनि प्रश्न चिन्ह रहेको छ ।’

उहाँले अब सरकारले नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने नीति लिनु आवश्यक भएको बताउनु भयो । अधिकारीले सरकारले भएको संरचनाबाट विमानस्थल राम्रो बनाउने भएपनि खोजेस्तो राम्रो बनाउने उत्तम उपाय नीजि क्षेत्रलाई सञ्चालन गर्न दिने नै रहेको उहाँको भनाइ छ ।