२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति पुनद्वारा एभिएसन म्युजियम अवलोकन



अ+ अ-

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सिनामंगलस्थित एभिएसन म्युजियमको अवलोकन गर्नुभएको छ । उपराष्ट्रपति पुनले सोमबार सिनामंगलस्थित एभिएसन म्युुजियममा पुगेर अवलोकन गर्नुभएको हो ।

उहाँ एभिएसन म्युजियममा गरिएको विज्ञान प्रदर्शनी कार्यक्रमका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँले एभिएसन म्युजियममा पुगेर नयाँ, रोचक र उत्साहपूर्ण काम देख्न पाएको बताउनुभयो । उपराष्ट्रपति पुनले एभिएसन म्युजियमको परिकल्पनाकारलाई धन्यवाद व्यक्त पनि गर्नुभयो । २०७१ फागुन २० गते अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा चिप्लिएर दुर्घटना भएकोे टर्किस एअरको अत्याधुनिक हवाइजहाज एअरबस ३३० अहिले संग्रहालयमा परिणत भएको छ ।

पच्चीस अर्ब ६४ करोड नेपाली रुपैया बराबर पर्ने करिब आठ महिनामात्रै उडेको यो विमान क्याप्टेन वेद उप्रेतीको पहलमा संग्रहालयमा परिणत भएको हो । सिनामंगलको सडकछेवैमा यो संग्रहालय नेपालको पहिलो हो यसको नाम ‘नेपाल एभिएसन म्युजियम काठमाण्डौं’ रहेको छ । यसभित्र विभिन्न देशका थरी थरीका नमूना जहाजहरुको संग्रह राखिएको छ ।

विश्वमै पहिलोपटक यति ठुलो एअरबसमा संग्रहालय बनाइएको हो । यो म्युजियम, वेद उप्रेती ट्रष्ट र नेपाल नागरिक उड्डयन प्रधिकारणको सहकार्यमा बनेको हो । जहाज संग्रहालय भित्र ५ खण्ड छन् ।

वेलकम हल, एयर फोर्स हल, एयरलाइन र नेपाली सेक्सनका हलहरुमा तीन सय भन्दा बढी मिनीएचर, राइट ब्रदर्सका जहाज, एअरबस ३३०को ग्लास ककपीट, विश्वयुद्धका फाइटर विमानका रेप्लिका लगायत सयौं कर्मसियल तथा नेपाली जहाजहरुका साथै क्याप्टेन उप्रेतीका एरियल फोटोहरु प्रदर्शनीमा राखिएका छन् । करिब सात करोडको लागतमा संग्रहालय बनाइएको छ ।