• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

उपराष्ट्रपति पुनद्वारा एभिएसन म्युजियम अवलोकन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले सिनामंगलस्थित एभिएसन म्युजियमको अवलोकन गर्नुभएको छ । उपराष्ट्रपति पुनले सोमबार सिनामंगलस्थित एभिएसन म्युुजियममा पुगेर अवलोकन गर्नुभएको हो ।

उहाँ एभिएसन म्युजियममा गरिएको विज्ञान प्रदर्शनी कार्यक्रमका लागि त्यहाँ पुग्नुभएको थियो । उहाँले एभिएसन म्युजियममा पुगेर नयाँ, रोचक र उत्साहपूर्ण काम देख्न पाएको बताउनुभयो । उपराष्ट्रपति पुनले एभिएसन म्युजियमको परिकल्पनाकारलाई धन्यवाद व्यक्त पनि गर्नुभयो । २०७१ फागुन २० गते अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा चिप्लिएर दुर्घटना भएकोे टर्किस एअरको अत्याधुनिक हवाइजहाज एअरबस ३३० अहिले संग्रहालयमा परिणत भएको छ ।

पच्चीस अर्ब ६४ करोड नेपाली रुपैया बराबर पर्ने करिब आठ महिनामात्रै उडेको यो विमान क्याप्टेन वेद उप्रेतीको पहलमा संग्रहालयमा परिणत भएको हो । सिनामंगलको सडकछेवैमा यो संग्रहालय नेपालको पहिलो हो यसको नाम ‘नेपाल एभिएसन म्युजियम काठमाण्डौं’ रहेको छ । यसभित्र विभिन्न देशका थरी थरीका नमूना जहाजहरुको संग्रह राखिएको छ ।

विश्वमै पहिलोपटक यति ठुलो एअरबसमा संग्रहालय बनाइएको हो । यो म्युजियम, वेद उप्रेती ट्रष्ट र नेपाल नागरिक उड्डयन प्रधिकारणको सहकार्यमा बनेको हो । जहाज संग्रहालय भित्र ५ खण्ड छन् ।

वेलकम हल, एयर फोर्स हल, एयरलाइन र नेपाली सेक्सनका हलहरुमा तीन सय भन्दा बढी मिनीएचर, राइट ब्रदर्सका जहाज, एअरबस ३३०को ग्लास ककपीट, विश्वयुद्धका फाइटर विमानका रेप्लिका लगायत सयौं कर्मसियल तथा नेपाली जहाजहरुका साथै क्याप्टेन उप्रेतीका एरियल फोटोहरु प्रदर्शनीमा राखिएका छन् । करिब सात करोडको लागतमा संग्रहालय बनाइएको छ ।