१६ असार २०८३, मंगलवार
,
Latest
मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठकमा एमाले नजाने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नहुने भएको छ । पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा नजाने बताएका हुन् । 

संसदको गतिरोध अत्यबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीले देउवाले आज बिहीबार १० बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । तर, आफूहरु यो बैठकमा नजाने एमाले संसदीय दलका प्रमुख सचेत भट्टराईले बताए ।

वर्तमान सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर आफ्नो पार्टी फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएकोलगायतका विषयमा आफ्नो असमति रहेकोले बैठकमा नजाने उनले बताए । 

सभामुखले आफूहरुले कारवाही गरेका १४ सांसदको सूचना टाँस गर्नुपर्ने या मार्गप्रशस्त गर्नुपर्ने भन्दै त्यो बाहेकका ऐजेन्डामा कुनै छलफल नहुने एमालेको अडान छ। यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो।